कीर्तिमानै कीर्तिमान सहित सकियो १३ औं साग : १४ औं साग पाकिस्तानमा

11 December, 2019 00:16 | खेल | comments | 51600 Views

काठमाडौंमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएका छ । मंगलबार साँझ दशरथ रंगशालामा एक भव्य समारोहकाबीच १४ औं साग पाकिस्तानमा गर्ने घोषणासहित समापन भएको हो । ‍

१३औँ सागमा नेपाली खेलाडीहरुले कीर्तिमानी प्रदर्शन गर्दै ५१ वटा स्वर्णे जित्न सफल भए । गौरिका सिंहले एउटै संस्करणमा धेरै वटा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बन्दै कीर्तिमान राखिन् । १३औँ सागमा गौरिकाले ४ स्वर्ण र दुई वटा रजत र दुई कांस्य जितिन् ।

  

त्यस्तै कराँतेका मण्डेकाजी श्रेष्ठ र आयशा शाक्यले एकै संस्करणमा दुई स्वर्णको कीर्तिमान बनाएका छन् । ट्रायथलनमा सोनी गुरुङ, १० हजार दौडमा सन्तोषी श्रेष्ठ, कुस्तीमा संगीता धामी र गल्फमा सुवास तामाङले पहिलो स्वर्णको इतिहास रचेका छन् । यस्तै भारोतोनल महिलामा सञ्जु चौधरी, बक्सिङ महिलामा मिनु गरुङले पहिलो स्वर्ण जितिन् ।

नेपालले भलिबल र कबड्डीको महिलामा पनि पहिलो पटक कांस्य जितेको छ । यसैगरी महिला क्रिकेटमा अञ्जली चन्दले २।१ ओभरमा रन नै नदिई ६ विकेट लिएर विश्व कीर्तिमान समेत बनाएकी छन् ।

नेपालले सबैभन्दा बढी स्वर्ण तेक्वान्दो जित्यो । तेक्वान्दोमा १२ वटा स्वर्ण र जुडोमा १० वटा स्वर्ण जितेको छ । यस्तै,नेपालले ६० रजत र ९६ कांस्य गरी कूल २ सय ६ वटा पदक जित्यो ।

भारतले १७४ वटा स्वर्ण, ९३ रजत र ४५ कांस्य सहित कुल ३१२ वटा पदक जित्यो । श्रीलंकाले ४० स्वर्ण, ८३ रजत र १२८ वटा कांस्यसहित २५१ वटा पदक जित्यो। पाकिस्तानले ३१ स्वर्ण, ४१ रजत र ५९ वटा कांस्य, बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ कांस्य, माल्दिभ्सले १ स्वर्ण र ४ वटा कांस्य जित्यो भने भुटानले ७ रजत र १३ वटा कांस्य जित्यो।

१३ औँ सागमा सबैभन्दा बढी पदक भारतले जित्यो। भारतले ३१२ वटा पदक जित्यो। यस्तै, श्रीलंकाले २५१, नेपालले २०६, बंगलादेशले १३८, पाकिस्तानले १३१, भुटानले २० र माल्दिभ्सले ५ वटा पदक जित्यो ।

१३औँ सागमा पहिलो पटक २७ वटा खेल समावेश भएका थिए । आयोजक नेपालले सबै खेलहरुमा प्रतिस्पर्धा गरेको थियो। भारतले २४ वटा खेलमा मात्रै सहभागिता जनाएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More