कुमार पन्त एनआरएनएको अध्यक्षमा निर्वाचित

18 October, 2019 14:42 |एन आर एन न्युज | comments | 13050 Views

    काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं महाधिवेशनबाट कुमार पन्त अध्यक्षमा निर्वाचित हुनुभएको छ । पन्तले आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई पराजित गर्दै विजयी हुनुभएको हो ।

    adsads

    यसअघि एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष रहनुभएका पन्त गोरखा फुजेलका स्थायी बासिन्दा हुनुहुन्छ र उहाँ सन् सन् १९९९ देखि जर्मनीमा व्यवसायरत हुनुहुन्छ ।

    निर्वाचन समितिले दिएको जानकारीअनुसार नयाँ नेतृत्वमा पन्तसहित अधिकांश वामपन्थी समूहले विजय हासिल गरेको छ । अन्तिम मतपरिणाम भने सार्वजनिक भइसकेको छैन ।

    प्राप्त जानकारीअनुसार उपाध्यक्षमा हिक्मत थापा, डा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, मन केसी, सोनाम लामा र महिला उपाध्यक्षमा रविना थापा विजयी हुनुभएको छ । महासचिवमा डा हेमराज शर्मा, सचिवमा गौरीराज जोशी, कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल विजयी हुनुभएको छ ।

    एनआरएनएको ४२ पदाधिकारीका लागि ७५ जना चुनावी मैदानमा उत्रिएका थिए । कुल २ हजार ५ सय ७० मतदाता मध्ये २ हजार ३ सय ४४ मत खसेको थियो । निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेका अनुसार युरोपबाट ९२०, अमेरिकाबाट २७१, अष्ट्रेलिया, र न्युजिल्याण्डबाट २१५, एसियाबाट ४६२, मध्यपूर्वबाट ४६० र अफ्रिकाबाट १६ मत खसेको थियो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More