कुस्ती टोली इरान प्रस्थान

30 October, 2013 13:47 |खेल | comments | 28500 Views

    इरानको लोरेस्थानमा हुने प्रथम कुस्ती पहलमानी विश्वकपमा भाग लिन एक खेलाडीसहित दुई सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । यही कात्तिक १२ देखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एघारौँ दक्षिण एसियाली खेलकुदका रजत पदकधारी सत्येन्द्र यादवले ९० केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

    adsads
    राससका अनुसार प्रतियोगिताको अफिसियलमा नेपाल जोरखाने खेलकुद सङ्घका अध्यक्ष कर्णबहादुर शाही रहेका छन् ।

     

    एकतीस राष्ट्रको सहभागिता रहने सो प्रतियोगितामा ९० केजीमाथि वजन समूहमा मात्र खेल सञ्चालन हुने अध्यक्ष शाहीले जानकारी दिनुभयो । विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले सात हजार ५०० अमेरिकी डलर पुरस्कारस्वरुप प्राप्त गर्ने नेपाल जोरखाने सङ्घले जनाएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!