कृषि केन्द्र निर्माणले ग्रामीण क्षेत्रको आयआर्जनमा सहयोग पुग्ने

21 July, 2019 21:03 | जापान | comments | 9750 Views

नेपालका लागि जापानका राजदूत मासामिचि साइे गोले कृषि सङ्कलन केन्द्र निर्माणले स्थानीय किसानको र खास गरी महिलाको क्षमता अभिवृद्धि भई आयआर्जन बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

आइतबार नेपाल जाइका अलमनाई एशोसिएशन (जान) र जापान नेपाल सोसाइटी, टोकियो जापानको सहयोगमा ललितपुरको लेलेमा निर्माण भएको कृषि उपज सङ्कलन केन्द्रको उद्घाटनका अवसरमा उहाँले सो कुरा बताउनुभएको हो ।

adsads

सो कृषि केन्द्रको राजदूत मासामिचि साइगो, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रमुख आवासीय प्रतिनिधि युमिको आसाकुमा र जानका अध्यक्ष डा रामचन्द्र भुसालले एक समारोहकाबीच संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा जापानी राजदूत मासामिचि साइगोले जानले लामो समयदेखि नेपाल जापान बीचको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको र हाल सामुदायिक विकासका कार्यक्रम सञ्चालन गरी यो सङ्कलन केन्द्रको निर्माणसमेत गरेकोमा धन्यवाद दिनुभयो ।

कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख महर्जनले यस क्षेत्रमा जानले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै सङ्कलन केन्द्र निर्माणले लेले क्षेत्रको कृषि विकासमा समेत सहयोग पु¥याउने बताउनुभयो ।

जाइका नेपालका प्रमुख युमिको आशाकुमाले जानले आफ्ना नियमित कार्यक्रमका अतिरिक्त सामुदायिक विकासका कार्यक्रम सञ्चालन र सङ्कलन केन्द्रको निर्माणले स्थानीय समुदाय लाभान्वित हुने कार्यक्रमसमेत गरेकोमा धन्यवाद दिँदै जाइकाले जानलाई दिँदै आएको सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।

जानका अध्यक्ष डा रामचन्द्र भुसालले जानले सामुदायिक विकास कार्यक्रम अन्तर्गत ललितपुरको लेले र नल्लु क्षेत्रमा सञ्चालन गर्दै आएका कार्यक्रमको बारेमा जानकारी गराउनुभयो ।

जानले लेले र नल्लु क्षेत्रमा करीव ४०० घरधुरीका लागि सामुदायिक विकासका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । जानको सामुदायिक विकास कार्यक्रममा सहयोग गर्न जाइका नेपालले नियमितरुपमा एक जना जापानी स्वंयसेवक समेत उपलब्ध गराउँदै आएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!