केकी अधिकारीकेकी अधिकारी

  • केकी अधिकारी
  • केकी अधिकारी
  • केकी अधिकारी
  • केकी अधिकारी
  • केकी अधिकारी
  • केकी अधिकारी

केकी अधिकारीको ‘तिमीलाई भनेर म” सार्वजनिक (भिडियो सहित)

5 October, 2019 15:35 |कला/मनोरन्जन , कलिउड | comments | 10200 Views

    केकी अधिकारी

    नेपाली सिने उद्योगमा चलेकी अ‍ेभिनेत्री हुन्– केकी अधिकारी । जीवन्त अभिनय गर्ने केकी अधिकारी यतिबेला भने आफ्नो मान्छेको पर्खाइमा थाकेर रुँदै गरेकी भेटिएकी छिन् ।

    adsads

    आफूले माया गरेको मान्छेको पर्खाइमा रुँदै गरेको केकी अधिकारीको यो भावुक दृष्य गायिका दुर्गा खरेलको पछिल्लो गीतको म्यूजिक भिडियोका लागि कैद गरिएको हो । ‘तिमीलाई भनेर म कुरिरहे बाटोमा, तर तिमी आएनौँ किन ?’ बोलको सार्वजनिक सेन्टिमेन्टल गीतमा दुर्गाको स्वरसंगै केकीको अभिनय निक्कै खुलेको छ ।

    गीतको म्यूजिक भिडियोमा अभिनेत्री केकीलाई पवन शर्माले अभिनयमा साथ दिएका छन् । नेपाली सांगीतिक क्षेत्रमा निक्कै रुचाहिएका लोकप्रिय संगीतकार अर्जुन पोख्रेलले लेखेको यो गीतमा संगीत तथा संगीत संयोजन पनि पनि अर्जुन स्वयंले गरेका छन् ।

    गीतको म्यूजिक भिडियोमा केकी अधिकारी र पवन शर्माले अभिनय गरेका छन् । म्यूजिक भिडियो सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । नवराज उप्रेतीले छायांकन गरेको म्यूजिक भिडियो सम्पादन भरत रेग्मीले गरेका छन् ।

    भिडियो –

    आर्जनले केकीलाई छाडेर रिमालाई रोजेपछि (भिडियो सहित)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    केकी अधिकारी

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More