केशव स्थापितको आक्रोश- केको रिपोर्ट सिधै डोजर चलाए हुन्छ

26 April, 2019 20:26 | राजनीति | comments | 52350 Views

कसैलाई थाहा थिएन राष्ट्रिय सम्पत्ति व्यक्तिगत सम्पत्ति जसरी बिक्री गरेर सटर भाडा लगाएर करोडौं रुपैयाँ कमाइरहेका छन् भनेर । खुलामञ्चमाथि भएको माफियाकरण बिरुद्ध सडकमा प्रदर्शन सुरु भएपछि यो विषय अरु पेचियो बनेको छ ।

adsads

खुलामञ्च जस्तो ऐतिहासिक तथा सांस्कृतिक महत्वको स्थानलाई जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स नामक ठेकेदार कम्पनीले सार्वजनिक जग्गामा ४० वटा सटर निर्माण गरिसकेको छ ।

एउटै सटर ११ लाख रुपैयाँ सलामी लिएर बिक्री भईरहेको छ । विल्डर्सका अनुसार खुलामञ्चबाट मासिक १५ लाख भाडा संकलन हुँदै आएको छ । वार्षिक एक करोड ८१ लाख ५० हजार भाडा उठाए पनि कर बुझाएको छैन ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस विषयमा बिरोधाभाषी तर्क सार्वजनिक गरेपछि शाक्यलाई मेयर बनाउन काँधमा बोकेर हिंडेका पूर्व मेयर केशव स्थापितले आक्रोश व्यक्त गर्दै महानगरको मेयरले लाचारी देखाउन नहुने सुझाव दिनुभएको छ ।

स्थापितले एक संचार माध्यमसंगको कुराकानीमा खुलामञ्चको सटरमा १५ मिनेटभित्र डोजर लगाएर सामान समेत जफत गर्नुपर्ने र काठमाडौं भ्यूटावरको ठेक्का सम्झौता रद्द गरेर त्यहाँ नेपालको राष्ट्रिय एकता झल्काउने स्मारक बनाउन समेत सुझाव दिनुभयो ।

मेयर शाक्यले खुलामञ्च विक्री प्रकरणमा उपमेयर हरिप्रभा खड्गीको रिपोर्ट कुरेर बसेका कारण कारबाही गर्न नसकिएको बताएपछि स्थापितले आक्रोशित मुद्रामा भन्नुभयो खुलामञ्च बिक्री भएको सवाल कुनै समस्या या विवाद नै हैन । यो त सार्वजनिक स्थानमा सबैको आँखै अगाडि भएको बलात्कार जस्तो हो । यो अपराध हो । अपराधी दण्डित हुनुपर्छ र अपराधिक मानसिकता भएकालाई त्यसै छाड्नुुहन्न ।

यस्तो विषयमा महानगरपालिकाले लर्‍याङ तर्‍याङ गर्दै जोखाना हेर्नै पर्दैन । मेयर साहबले १५ मिनेटभित्र डोजर पठाउँदा हुन्छ । यो त हाम्रो सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण मात्रै हैन, काठमाडौंको सभ्यतामाथिको बलात्कार नै हो ।

स्थापितको आक्रोश थियो खुलामञ्च विक्रीमा को–को मान्छे दोषी हो भन्ने पछि छानविन गर्दा हुन्छ । रात रहँदा त अग्राख पलाउँछ आज शुक्रबारबाट डोजर लगाउन सुरु गरियो भने शनिबारसम्म सबै उडाउनुपर्छ । डराउनु पर्दैन राम्रो काम गर्दा जनताले साथ दिन्छन् । मेयरले ‘म यो काम सुरु गर्दैछु, आउनुस्’ भनेर आह्वान गरेपछि जनता नै आउँछन् । पहरेदारी पनि जनताले नै गर्छ ।

स्थापितले भन्नुभयो त्यहाँ डोजर लगाएपछि सबै समान पनि जफत गर्नुपर्छ । केही पनि बाँकी राख्नुपर्दैन । अनि यसरी कानुन विपरीतको काम गर्नेलाई पनि कडा कारवाही गर्नुपर्छ । त्यस्तै पुरानो बसपार्कमा बन्ने भनिएको काठमाडौं टावरको म्याद गुज्रिसक्यो । काम नै भएको छैन । अब किन त्यसलाई संरक्षण गरिराख्ने ? सम्झौता रद्द गर्दा हुन्छ ।

खुलामञ्चस्थित अस्थायी बसपार्कमा अवैध सटर : ठेकेदारले उठायो १५ लाखसम्म सलामी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

हेटौँडा सिमेन्टको ३३ वर्ष : बल्ल मुनाफा आर्जन गर्दै

फेसबुक

हेटौँडा सिमेन्टको ३३ वर्ष : बल्ल मुनाफा आर्जन गर्दै

ट्वीटर

सामाजिक सञ्जाल

More