केही घण्टामै भुटानले खोस्यो नेपालको शीर्षस्थान

7 December, 2019 22:41 | खेल | comments | 20850 Views

१३ औं साग अन्तर्गत फुटबलमा माल्दिभ्सलाई २-१ ले पराजित गर्दै सात अंकसहित शीर्ष स्थानमा पुगेको नेपालको सो स्थान केही घण्टामै भुटानले खोसेको छ । शनिबार साँझ लिग चरणको आफ्नो अन्तिम खेलमा श्रीलंकालाई ३-० गोल अन्तरले पराजित गर्दै भुटान फाइनलमा प्रवेश गरेको छ ।

adsads

श्रीलंकालाई भारी गोल अन्तरले हराएसँगै भुटान ९ अंकसहित फाइनल प्रवेश गरेको हो । एक खेल खेल्न बाँकी रहेको नेपालको सात अंक छ । नेपालले अब बंगलादेशसँग खेल्दै छ । फाइनल पुग्न नेपालले बंगलादेशसँग कम्तिमा बराबरी खेल्नुपर्नेछ । समूह चरणको दोस्रो खेलमा भुटान नेपालसँग ४–० ले पराजित भएको थियो ।

भुटानसँग पराजित भएसँगै श्रीलंका भने लिग चरणबाटै बाहिरिएको छ । भुटानले पहिलो हाफमा १ गोलको अग्रता लिएको थियो । पहिलो हाफको १९ औँ मिनेटमा चिमे दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । बाँकी दुई गोल दोस्रो हाफमा गरेको थियो ।

दोस्रो हाफको ६९ औँ मिनेटमा श्रीलंकन खेलाडीले भुटानका खेलाडी डिबक्समा लडाएपछि भुटानले पेनाल्टी पाएको थियो। पेनाल्टीलाई दाबा छिरिङले सदुपयोग गर्दै टिमलाई २-० को अग्रता दिलाए। त्यसपछि ८० औं मिनेटमा एसी दोर्जीले गोल गर्दै भुटानलाई ३-० गोलको जित दिलाएका हुन्।

नेपाल र माल्दिभ्सबीचको खेलमा माल्दिभ्सले १९ औँ मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएको थियो । माल्दिभ्सका लागि इब्राहिम हुसेनको गोलबाट लिएको अग्रतालाई अभिषेक रिजालले ४३ औँ मिनेटमा गोल गर्दै बराबरी गरेका थिए । त्यसपछि खेलको ५२ औं मिनेटमा पाएको कर्नर किकलाई नेपालले सदुपयोग गर्दै रोचक गोलमा परिणत गरेको थियो ।

नेपालका लागि सुनिल बलले प्रहार गरेको कर्नर किकलाई अनन्त तामाङले हेडमार्फत् सुन्दर गोल गरी माल्दिभ्सको अग्रतालाई तोड्दै जीत दर्ता गरेको हो ।

यसअघि नेपालले पहिलो खेलमा भुटानविरुद्ध ४ गोल गरेको थियो भने श्रीलंकासँग १-१ को बराबरी खेलेको छ। अर्को खेल नेपालले बंगलादेशसँग खेल्दै छ । भुटान शनिबार श्रीलंकासँगको खेलमा पराजित भए एक खेल अगावै नेपाल फाइनल प्रवेश गर्नेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More