कैलालीमा हावाहुरीको ताण्डव- काठमाडौंको धूलो गायब देखिए हिमाल (तस्वीरहरु)

7 June, 2019 14:43 | जल/वातावरण/स्वास्थ्य | comments | 22200 Views

गत चैत्रको दोस्रो साता बारा र पर्सामा आएको हावाहुरीका कारण २९ जनाको ज्यान गयो भने सयौं घाइते भए । सोही हावाहुरीलाई बिर्साउने गरी बिहिबार साँझ कैलालीमा आएको हावाहुरीले दुईजनाको ज्यान लियो भने सयभन्दा बढी घाइते भए ।

adsads

कैलालीको हावा शुक्रबार काठमाडौं आइपुग्यो । विहान झिसमिसेमै काठमाडौंमा केही समय पूरै जनजीवन आतकिंत हुने गरी हावाहुरी र वर्षा भयो । काठमाडौंमा मानवीय र भौतिक क्षति भएको खबर आएको छैन ।

विहानैको हुरीले काठमाडौंको वातावरण भने अद्भूत देखिएको छ । वायुमण्डलमा रहेको धुलोका कणहरु सबै उडेर गएको छ । आकाश सफा देखिएको छ भने हिमालका दृश्यहरु समेत देखिएका छन् ।

हुरीले शहरी क्षेत्रका भौतिक संरचनामा सबैभन्दा बढी क्षति पुगेको छ । खासगरी टीकापुर, गोदावरीलगायत क्षेत्रका कच्ची घरका छानाहरु उडाएका छन् । हुरीले छाना उडाएपछि कष्टप्रद ढंगले रात बिताएको गुनासो पीडितहरुले गरेका छन् ।

हुरीले बिजुलीका पोल तथा रुखहरु भाँचेको छ । सरकारी अधिकारीका अनुसार, ४ सयभन्दा बढी बिजुलीका पोल भाँचिएको छ । हुरीले रुखसमेत उत्तिकै मात्रामा ढालेको प्रहरी भनाइ छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!