उरुग्वेद्वारा इक्वेडर ४-० ले पराजित उरुग्वेद्वारा इक्वेडर ४-० ले पराजित

  • उरुग्वेद्वारा इक्वेडर ४-० ले पराजित
  • उरुग्वेद्वारा इक्वेडर ४-० ले पराजित
  • उरुग्वेद्वारा इक्वेडर ४-० ले पराजित
  • उरुग्वेद्वारा इक्वेडर ४-० ले पराजित
  • उरुग्वेद्वारा इक्वेडर ४-० ले पराजित
  • उरुग्वेद्वारा इक्वेडर ४-० ले पराजित

कोपा अमेरिका फुटबल : उरुग्वेद्वारा इक्वेडर ४-० ले पराजित

17 June, 2019 16:12 | खेल | comments | 13050 Views

उरुग्वेद्वारा इक्वेडर ४-० ले पराजित

ब्राजिलमा जारी दक्षिण अमेरिकाको प्रतिष्ठित कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा उरुग्वे विजयी भएको छ । उरुग्वेले १० खेलाडीमा सीमित भएको इक्वेडरलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

adsads

समूह ‘ग’ को यस प्रतिस्पर्धामा उरुग्वेका तर्फबाट लुइस स्वारेज, एडिन्सन काभानी र निकोलास लोडेरोले एकएक गोल गरेका थिए ।इक्वेडरका आर्टुरो मिनाले खेलको ७८औं मिनेटमा आत्मघाती गोल गरेका थिए । उरुग्वेका तर्फबाट तीनै गोल खेलको पूर्वाद्र्धमा भएको थियो । यो जितसँगै इक्वेडरले तीन अंक प्राप्त गरेको छ ।

यो समूहका जापान र चिलीबीचको खेल नेपाली समय अनुसार मङ्गलबार बिहानीपख हुनेछ ।अर्कोतर्फ सोमबार नै भएको समूह ‘ख’ को खेलमा पाराग्वे र कतारबीचको खेल २–२ गोल भई बराबरीमा टुङ्गिएको छ । यस खेलमा पाराग्वेका तर्फबाट ओस्कार कार्डोजो र डरलिस गोन्जालोजले गोल गरेका थिए भने कतारका तर्फबाट आल्मोज अलिले गोल गरेका थिए । पाराग्वेका रोड्रिगो रोजासले ७८औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

कूल १२ टिम सहभागी रहेको कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत समूह ख मा अर्जेन्टिनासहित कोलम्बिया, पाराग्वे र कतार रहेका छन् । समूह क मा भने ब्राजिल, पेरु, भेनेजुएला र बोलिभिया तथा समूह ग मा उरुग्वे, चिली, जापान र इक्वेडर रहेका छन् ।

कोपा अमेरिका फुटबल प्रतियोगिता यो सहित ब्राजिलमा पाँचौं पटक हुँदैछ ।

कोपा अमेरिका फुटबलमा अर्जेन्टिना स्तब्ध : कोलम्बिया २-० ले विजयी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
उरुग्वेद्वारा इक्वेडर ४-० ले पराजित

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!