कोभिड–१९ को जानकारीसहित वेबसाइट र मोबाइल एप्स

29 March, 2020 23:25 | सूचना/प्रविधि | comments | 45000 Views

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न वेबसाइट र मोबाइल एप्स शुरु गरेको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले वेबसाइट ‘कोभिड डट एमओएचपी डट जिओभी डट एनपी’ र हाम्रो स्वास्थ्य मोबाइल एप्स को शुभारम्भ गर्नुभयो ।

मन्त्रालयले एप्ससँगै कोभिड–१९ को सूचना प्राप्त गर्न सहज होस् भनेर सबैको पहुँचका लागि भाइबर कम्यूनिटी पनि प्रयोगमा ल्याएको छ । मन्त्री ढकालले कोभिड–१९ विरुद्ध लड्न उपलब्ध स्वास्थ्य सेवाको अवस्था र विवरणका साथै कोरोनाबारे एकीकृत रूपमा सही जानकारी तथा सूचना उपलब्ध गराउन यस्तो व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

उहाँले सरकारले कोरोनाविरूद्ध उच्च सतर्कताका साथ काम गरिरहेकाले नआत्तिन पनि अनुरोध गर्नुभयो । उहाँले नयाँ वेबसाइट, मोबाइल एप्स र भाइबर क्म्यूनिटीको उपयोग गरेर लाभ लिन सबैमा अनुरोधसमेत गर्नुभयो ।

  

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को तत्काल जानकारीसहित सम्पूर्ण सूचना आमनागरिक माझ सहजरुपले पु¥याउने उद्देश्यले मन्त्रालयले प्रोगेसिभ इन्जिनियरिङ एशोसियसन नेपाल, नक्सा, सोच नेपाल, कोड फर कोर इनोभेसन, आइटी म्याप्ससँग समन्वय गरेर वेभ एप्लिकेशन तयार पारेको हो । वेबसाइटमा हब अस्पताल, कोभिड–१९ लक्षित अस्पताल र क्वारेन्टाइनको अवस्थिति र अवस्थासहितको जानकारी पाइने छ । त्यस्तै ‘आइसोलेसन बेड’ को जानकारीसमेत सबैले जुनसुकै स्थानबाट हेर्न सक्नेछन ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More