कोरियामा रहेका नेपालीलाई भिसा अवधि सकिए समयमै थप्न आग्रह

25 March, 2020 13:41 | प्रबास | comments | 30300 Views

दक्षिण कोरियामा रहेका नेपालीहरुको भिसा अवधि सकिन लागेको छ भने तत्काल नवीकरण गर्न त्यहाँस्थित नेपाली दूताबासले अनुरोध गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोक्न नेपाल सरकारले जारी गरेको नयाँ नियमावलीअनुसार दक्षिण कोरियास्थित नेपाली दूतावासले कोरियामा रहेका नेपालीलाई प्रवेशाज्ञा अवधि समाप्त भएमा समयमै अवधि थप गर्न सूचना जारी गर्दै सो आग्रह गरेको हो ।

  

नेपाल सरकारले गरेको पछिल्लो व्यवस्था अनुसार कोरोना संक्रमण भएका मुलुकबाट हवाई यात्रु आउन प्रतिबन्ध लगाइएका कारण दूताबासले सो आग्रह गरेको हो ।

सरकारद्वारा गठित कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयानुरुप दक्षिण कोरियालगायत मुलुकबाट सीधा उडान भई वा अन्य जुनसुकै मुलुकलाई ट्रान्जिट बनाई नेपाल जाने यात्रुलाई यही चैत ७ गते (२० मार्च २०२०) देखि लागु हुने गरी चैत ३० गते (१२ अप्रिल २०२०) सम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने व्यवस्था भएको थियो ।

उक्त अवधिमा कोरियामा प्रवेशाज्ञा सकिने (एलियन कार्डबाहेक) नेपालीले सक्कल राहदानी तथा परिचयपत्र लिएर र अन्य छोटो अवधिको प्रवेशाज्ञामा कोरियामा रहेका नेपाली स्वदेश फिर्ती हवाई टिकट लिईसकेकासमेतले नेपाल प्रवेशमा प्रतिबन्ध लागेकाले सो अवधिसम्म प्रवेशाज्ञा समाप्त नहुँदै कोरियाली अध्यागमन कार्यालयमा सम्पर्क गरी प्रवेशाज्ञा थपका लागि आवेदन गर्न सक्ने दूतावासले जनाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More