कोरोनाका कारण चिनीया पर्यटकको विकल्प खोज्दै सरकार

5 February, 2020 16:41 | कर्पोरेट/पर्यटन | comments | 29100 Views

भ्रमण वर्ष २०२० माा सबैभन्दा बढी चिनीया पर्यटक भित्र्याउने लक्ष्य सरकारको थियो । भ्रमण वर्षको आरम्भ हुँदै गर्दा चिनीया राष्ट्रपतिको समेत नेपालको राजकीय भ्रमण भएकामा उत्साह अरु बढेको थियो तर नयाँ वर्षको शुभारम्भमै चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपालको लक्ष्यमा प्रत्यक्ष असर पर्नेभएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले चीनमा कोरोना भाइरसको प्रकोप फैलिनु पहिले त्यहाँबाट नेपालमा ५ लाख पर्यटक आउने अपेक्षा गरिएको र अहिले त्यसमा कमी हुने बताउँदै अब चिनीया पर्यटकको विकल्प खोजिने बताउनुभएको हो ।

  

मन्त्री भट्टराईले भन्नुभयो गएको वर्ष झन्डै २ लाख आएका थिए त्यसमा बढाएर ५ लाख पुर्‍याउने लक्ष्य थियो र विभिन्न चिनियाँ एजेन्सीहरूले साथ दिइराख्नुभएको थियो । त्यो ठूलो मार्केट थियो । कोरोना भाइरसको वैकल्पिक मार्केटहरूको खोजी भइरहेको छ । कोरोना भाइरसलाई ध्यान दिँदै नेपाल भ्रमण वर्षलाई घाटा भयो भने परिपूर्ति कहाँबाट गर्ने भनेर अन्य मार्केट खोजी गर्नको निम्ती मन्त्रालयले फोकल पर्सन तोकेको छ ।

चीनको विकल्पमा कहाँबाट पर्यटक ल्याउन सकिन्छ भनेर संस्कृति पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, नेपाल पर्यटन बोर्डका सीईओ र पर्यटन विभागको महानिर्देशकलाई फोकल पर्सन तोकिएको मन्त्री भट्टराईले जानकारी दिनुभयो । चीनले कोरोना भाइरस नियन्त्रणका लागि प्रयास गरिरहेको र नेपालस्थित चिनियाँ दूतावासले भ्रमण वर्षको सहयोग गर्न सहकार्य गरिरहेको भट्टराईले बताउनुभयो ।

नेपाल भ्रमण वर्षको तयारी नपुगेको हो कि भनेर सांसदहरूले चिन्ता व्यक्त गरेका थिए। जवाफमा मन्त्री भट्टराईले मुलुकभित्र र बाहिर रहेका निकायसँग छलफल जारी रहेको बताए। उनले भ्रमण वर्ष २०२० मात्रै होइन २०३० सम्मको लागि कार्ययोजना बनाउने तयारी भइरहेको बताउनुभयो ।

नेपालमा कोरोना भाइरसका संक्रमित नभएको र एयरपोर्टदेखि सबै ठाउँमा उच्च सतर्कता अपनाइएको जानकारी दिंदै मन्त्री भट्टराईले नेपालमा कोरोना भाइरस नभएको भन्ने कुराको प्रचारप्रसार गर्न पनि सांसदहरूलाई आग्रह गनुृभएको थियो ।

छलफलमा मन्त्री भट्टर्राले भ्रमण वर्षको लागि सरकारले साधनस्रोत र जनशक्ति बढाउने तयारी गरिरहेको बताउँदै भौतिक पूर्वाधार निर्माण, विमानस्थलको सुधार र सरसफाइमा पर्याप्त ध्यान दिइएको जानकारी निुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयभन्दा पहिल्यै निर्माण सम्पन्न हुने गरी काम भइरेको र तराईको राजविराज बाहेकका विमानस्थल रात्रिकालिन उडानका लागि तयार बताउनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More