कोरोनाको लक्षण देखिएका सिराहाका नौजना स्वस्थ रहेको पुष्टि

17 March, 2020 20:30 | जल/वातावरण/स्वास्थ्य | comments | 37200 Views

केही दिनअघि भारतबाट फर्केका सिरहा नगरपालिका १० नरहैयाका नौजनामा कोरोनाको लक्षण दखिए पनि थप परीक्षणपछि उनीहरु स्वस्थ रहेको बताइएको छ ।

उनीहरुमा रुघा खोकी र लगातार ज्वरो देखिएपछि कोरोना संक्रमणको आशंकामा संक्रमणको आशंका देखिएपछि थप परीक्षणका लागि प्रदेश अस्पताल जनकपुर पठाइएको थियो ।

केही दिनअघि भारतबाट फर्केपछि बिरामी भएका उनीहरुमा कोरोना भाइरस सङ्क्रमण हुनसक्ने आशङ्कामा थप परीक्षणका लागि सोमबार साँझ जानकी मेडिकल कलेज जनकपुर पठाइएको थियो ।

  

थप परीक्षणपछि उनीहरुमा कोरोनाको कुनै लक्षण नभेटिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो । कोरोना भाइरसको लक्षण नदेखिएपछि स्वास्थ्य परीक्षण नै नगराई सबै राति नै आ–आफ्नो घर फर्किएको प्रमुख यादवले बताउनुभयो ।

रोजगारीका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका उनीहरुमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि कोरोना सङ्क्रमणको आशङ्का लागेर थप उपचारको लागि वडाध्यक्ष जुगत कामतीलगायत स्वास्थ्यकर्मीको टोलीले एम्बुलेन्सबाट जनकपुर पठाएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More