कोरोना उपचारमा नेपालको फड्को : १६ हजार संक्रमित, १० हजार उपचारपछि निको

13 July, 2020 21:35 | जल/वातावरण/स्वास्थ्य | comments | 22200 Views

नेपालले कोरोना संक्रमितहरुको उपचारमा ठूलो फड्को मारेको छ । सोमबार साँझसम्म कुल कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ भने उपचार गरेर घर फर्कनेको संख्या १० हजार २ सय ९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार सोमबार दिउँसोसम्म थपिएका १ सय ४४ सहित संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ भने पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना डिस्चार्ज भएका छन् ।

  

मन्त्रालयका अनुसार सोमबारसम्म पीसीआर विधिबाट हालसम्म २ लाख ८९ हजार ३७१ परीक्षणहरु गरिएका छन् । यस्तै, २४ घण्टामा ५ हजार ८५६ परीक्षण भएका छन् ।

हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या २३ हजार ४७० जना छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ६ हजार ६१३ जना रहेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More