कोरोना भाइरसको जोखिम नियन्त्रणमा एकै दिन करोडौं सहयोगको घोषणा

25 March, 2020 01:02 | अर्थ | comments | 42750 Views

सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रण उपचार कोष’मा एकै दिन करोडौं रुपैयाँ सहयोगको घोषणा भएको छ । यस क्रममा नेपाल निर्माण व्यवसायी महासङ्घले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड सहयोग गर्ने भएको छ ।

महासङ्घको बैठकले विश्वमा फैलँदै गएको कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई रोकथामका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

  

महासङ्घका महासचिव रोशन दाहालले देशमा परेको विपत्तिको सामना गर्नका लागि निर्माण व्यवसायीले समेत सरकारलाई हातेमालो गर्न उक्त रकम सहयोग गर्न लागेको जानकारी दिनुभयो ।

महासङ्घले चैत १८ गते साँझसम्म सरकारले गरेको ‘लकडाउन’को निर्णयको स्वागत समेत गरेको छ । कोभिड–१९ भाइरसका कारण आउनसक्ने विषम परिस्थितिको पूर्वतयारीअनुसार गरिएको ‘लकडाउन’को निर्णय महासङ्घले स्वागत गर्दछ”, महासचिव दाहालले भन्नुभयो ।

महासङ्घले ‘लकडाउन’को समयमा निर्माण व्यवसायी सदस्यले आआफ्नो निर्माण कार्य बन्द गरी घरभित्र सुरक्षितरुपमा बस्न सबैलाई आग्रहसमेत गरेको छ । अहिलेको असहज अवस्थामा समेत अतिआवश्यक निर्माण परियोजनामा खटिएका निर्माण व्यवसायीलाई आफू र मातहतका सबैको सुरक्षामा विशेष ध्यान दिनसमेत महासङ्घले अनुरोध गरेको छ ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड–१९ को सङ्क्रमण रोकथाममा रु ५० लाख सहयोग गर्ने भएको छ । नेपाल पार्टीका तर्फबाट एकमुष्ट रु ५० लाख जम्मा गर्ने निर्णय भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । काँग्रेसका सङ्घीय सांसदले यसअघि १५ दिनको तलब बराबरको रकम उक्त कोषमा सहयोग गर्ने निर्णय गरिसकेका छन् ।

उता राष्ट्रिय प्रजातन्त्र पार्टीले कोभिड–१९ विशेष कोषमा रु पाँच लाख सहयोग उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको प्रकोपलाई सामाना गर्न सरकारले गठन गरेको उक्त कोषमा पार्टीले सहयोग उपलब्ध गराउने निर्णय गरेको नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो ।

त्यस्तै गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्नुहुने भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सम्भावित प्रकोप रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित सो कोषमा प्रदेश प्रमुख शेरचनले आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्नुहुने भएको हो ।

राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा कोषको नाममा रहेको खातामा रकम जम्मा गर्नका लागि प्रदेश प्रमुख शेरचनले आवश्यक व्यवस्था मिलाउन निर्देशन दिनुभएको उहाँका प्रेस संयोजक रुद्र श्रीसमगरले जानकारी दिनुभयो ।

प्रमुख शेरचनले प्रदेशवासीलाई अहिलेका अवस्थामा नआत्तिन, धैर्य गर्न र उच्च मनोबलका साथ कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकार अघि सारेको प्रयासमा पूर्ण साथ दिन सम्पूर्ण अपिलसमेत गर्नुभएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More