कोरोना भाइरसबाट विश्वमा पाँच लाख ७५ हजार भन्दा बढीको मृत्यु

14 July, 2020 22:02 | विश्व समाचार | comments | 21150 Views

भारतमा संक्रमित संख्या नौ लाख नाघ्यो

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७५ हजार ९५५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३२ लाख ४२ हजार ६९३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार मङ्गलबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७७ लाख ९ हजार ९७२ जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४९ लाख ५५ हजार १४२ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५९ हजार २०९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३४ लाख ९७ हजार ४८३ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३८ हजार २४७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

  

दक्षिण अमेरिकामा २९ लाख ३१ हजार ९५९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ६ हजार ४९९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४० लाख ७५ हजार ५९४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८७ हजार १२२ जनाको मृत्यु भएको छ ।

युरोपमा २५ लाख ९३ हजार ५५८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९६ हजार ५८१ को मृत्यु भएको छ । एसिया ३० लाख २० हजार ८०२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ७१ हजार ५५५ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ६ लाख १४ हजार ४३६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार ५०४ जनाको मृत्यु भएको छ । ओसियानामा ११ हजार ९१५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३० जनाको मृत्यु भएको छ ।

यसै गरी भारत कोरोना भाइरसको संक्रमतिको संख्या ९ लाख नाघेको छ । गत २४ घण्टामा २८ हजार ४९८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९ लाख ६ हजार ७५२ पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा भारतभरी कोरोनाभाइरसका कारण ५५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभरी कुल सक्रमितमध्ये तीन लाख ११ हजार ५६५ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । त्यसैगरी पाँच लाख ७१ हजार ४५९ जना संक्रमणमुक्त भएका छन् भने २३ हजार ७२७ जनाको मृत्यु भएको छ ।

भारतमा सब भन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ । महाराष्ट्रमा मात्रै दुई लाख ६० हजार ४६१ जना संक्रमित भएका छन् भने दश हजार ४८२ जनाको मृत्यु भएको छ । दोस्रो धेरै संक्रमित भएको तमिलनाडु राज्यमा एक लाख ४२ हजार ७९८ जना रहेका छन् भने २ हजार ३२ जनाको मृत्यु भएको छ ।

तेस्रो धेरै संक्रमित भएको दिल्ली प्रदेशमा एक लाख १३ हजार ७४० जना रेहेका छन्् । दिल्लीमा कोरोना संक्रमणको कारण ३ हजार ४११ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणको हिसाबबाट विश्वभरीको तथ्यांकलाई हेर्दा भारत तेस्रो धेरै संक्रमित रहेको देशमा पर्दछ पहिलो स्थानमा अमेरिका र दोस्रोमा ब्राजिलमा रहेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More