कोरोना भाइरस- सोच्ने तरीका र समयको सदुपयोग गर्ने कुराहरूमा आएको मेरो परिवर्तन

14 May, 2020 18:12 | बिचार | comments | 47550 Views

दीपेन्द्र अधिकारी

विश्वव्यापी महामारी फैलिएको कोरोना भाइरस संक्रमणका कारण लकडाउन छ र यो अवधिलाई कसले कसरी उपयोग गर्यो वा सदुपयोग वा नयाँ कुरा केही सिक्यो ? यो विशेष महत्वको पाटो रहेको छ । मेरो व्यक्तिगत कुरा गर्ने हो भने उपलब्धी भनौ या मनोदशा कोरोना भाइरसलेले मेरो सोच्ने तरिका समयको सदुपयोग गर्ने कुराहरूमा ब्यापक परिवर्तन ल्याएको छ ।

म दिपेन्द्र अधिकारी घर पोखरा अहिले जापानको राजधानी टोकियोमा बस्छु । म एक व्यावसायी फोटोग्राफर हुँ र रेस्टुरा, बर प्रमोट पनि गर्छु (मात्र एउटा छ) । धनियाबारी पनि छ र अर्गानिक मसला विक्री पनि गर्छु । यी सबै सुन्दा ठूलो व्यवसायी भने नठान्नुहोला । सबै एउटै हो खानेकुरा सम्बन्धी मात्रै । विशेष खानेकुरा मनपर्ने भएकाले फोटो पनि खानेकुराकै, अन्य सबै खानेकुराकै विजनेस गर्छु त्यसैले एउटै मेनेजमेन्टले गरेको छु । आफ्नो कामप्रति इमान्दार छु, खुसी छु । र प्रायः इन्स्ट्राग्राम र फेसबुकमा खानेकुराकै लगभग फोटा हुन्छन् ।

अब मूल कुरातिर लागौं त्यो हो कोरोना र कोरोनाले उपलब्ध गराएको पर्सनल समयको बारेमा यसो दुई चार कुरा गन्थन गर्न मनलागेर लेखेको । कतिपय नेगेटीभ, कतिपय पोजेटीभ । नेगेटिभको त के कुरा गरौं, हामी सबैका साझा समस्या दुःखहरू एउटै हुन । हजुरहरू जसरी नै म पनि जुधिरहेको छु ।

  

कुरा गरौ पोजेटिभ पछको पहिला ।

हतारको जिन्दगी थियो । समय पैसाभन्दा पनि महंगो थियो । उठेपछि काम, कामपछि सुत्ने । बेलाबेलामा रमाइलो गर्ने समय अवश्य थियो नै । तर पनि कामप्रति सचेत हुँदै रमाउनु पर्थ्यो । तर लगभग दुई महिना जति भयो कोरोनाले काम गर्ने, बाहिर जाने समयमा कटौती भएको छ । दैनिकीमा २ घन्टा जति बचेको छ । यस्तो समयको सदुपयोग एक्सरसाईज गर्ने कुरामाभन्दा पढ्ने लेख्ने राष्ट्रियय, अन्तर्राष्ट्रिय जानकारी लिदै, सामाजिक संजालहरू सदुपयोग गर्दै पोजेटिभ ज्ञान नेगेटिभ जानकारी दुईटै लिदैछु ।

हुनत सामाजीक संजालमा म प्राय लाइन, इन्स्ट्राग्राम, फेसबुक चलाउछु । पहिले पहिले आफ्नो राख्नेकुरा दैनीकिका रूपमा र बिजनेज प्रमोसनको हिसाबले मात्रै राख्ने गर्थे । अरूहरूले राख्नु भएको त्यति धेरै हेर्ने फुर्सद हुन्थेन । यही कोभिडले गर्दा आजकल हेर्ने फुर्सद मिलेको छ । युटुबबाट गीत, अन्तरवार्ता आदि हेर्ने समय पनि जुरेको छ ।

साच्चै यो सामाजिक सन्जाल जन्झाल यो या अति उपयोगी सजिलै मूल्यांकन गर्न भने अप्ठेरो छ । कतिपय बेला धेरै ज्ञानहरू हाँसिल गर्न सकिने ठाने भने कतिपय बेला आफूले कल्पनै गर्न नसकिने तल्लोस्तरका मान्छेहरूको चेतना हेर्दा, सुन्दा वा एक किसिमको रमिता देख्दा बेकारमा समय खेर फालिएको जस्तो पनि भान हुन्छ, दुःख पनि लाग्छ ।

हुन त नयाँ परिवर्तन आउँदा ठीक बेठीक दुबै आउँछन् । बस यत्ति मात्र हो त्यसलाई आफूले कति ठीक कति बेठीक तरिकाले प्रयोग गरेका हुन्छौ । आबश्यकभन्दा या हदभन्दा बढी प्रयोग गर्न थालियो भने त्यो लत हुन्छ, रोग बिमार हुन्छ । तर यसबाट जोगिएर समयअनुसारको छिटो जानकारी लिनसक्ने आवश्यक तरिकाले प्रयोग गर्न जाने फाइदै होला । अहिलेसम्म मैले उपयोगीकै रूपमा प्रयोग गरेको छु ।

सायद अझै एक दुई तीन (कति थाह छैन) महिना यसरी नै सामाजिक संजालहरू हेर्ने फुर्सद मिल्छ होला ? यहि बेलामा म पनि अलिअलि मुक्तक लेख्ने प्रयास गरौं कि भन्दै नमिले पनि भाव समेटेर प्रयास गरेको छु । एउटा कुरा चाई लेखेपछि राम्रो होस या नराम्रो अरूलाई सुनाउने रहर आउँदो रहेछ । यो रोग भने पक्कै मलाई पनि सरेको भने छ ।

दुखको कुरा गर्दा…
यसपालि सामाजिक संजाल हेरेर ।।
हाम्रा नौजवान हरूको आईक्यू कमजोर भएको पाए ।

राजनीतिक चेतना, ज्ञान सायद अरू देशका नागरिकहरूभन्दा बढी नै होला भन्दैमा आफू बिरोधी सोच राख्नेहरू दुश्मन नै हुन भन्ने कमजोर सोच राख्ने छिमेकी मुलुक भएपछि जहाँ पनि दुई देशबीच समस्या आउँछ । हो हामी भारतसंग नजिक छौं रोजीरोटी चेलीबेटी चल्छ । राजनीतिक हिसावले दुई देशबीच समस्या छ । बिस्तारवाद सोच राखेकै छ सबैले बुझेको कुरा हो । हरेक कालखण्डमा राष्ट्रवादीहरूले बिरोध गरेरै आएकै हौं । मैले पनि गरेको थिए सानैदेखि । अहिले पनि बिरोध गर्छु । तर भारतीय, चिनीयाँ या अन्य मुलुकका किन नहुन् म सबैलाई सम्मान गर्छु । हिजो पनि गर्थे आज पनि गर्छु । तल्लोस्तरको भाषा प्रयोग गर्दिन । खै यो सामाजिक संजाल भएर होला बिरोधीलाई छिमेकीलाई विशेष गरी भारतीयलाई हेर्ने दृष्टिकोण गलत छ । तल्लोस्तरको छ ।

मेहनत आफ्नै देश भित्र मात्रै गर्नुपर्छ भन्ने पनि हैन देश र बाहिर मात्रै गर्नु पर्छ भन्ने पनि हैन । यो संसारको जुनसुकै ठाउँमा रहेर पनि इमान्दारीपूर्ण मेहनत गर्नुपर्दछ । अरूलाई सानो बनाउँदैमा आफू ठूलो भइदैन । अरू देशको नागरिकलाई होच्याउँदैमा देशमा सवृद्धि आउँदैन । भनिन्छ सियो पनि नबन्ने देश नेपाल, प्याज, लसुन, गोलभेडामा पनि आत्मनिर्भर हुन नसक्ने देश अरूको कपाल काटिदिएर जीवन निर्वाह गर्न लाज मान्ने हामी यूवा कसरी भयौ देशभक्त ??

कमसेकम देशका नौजवानहरू सचेत बनौं । हाम्रा अधिकारहरूका लागि सभ्य तरिकाले लडौं । सरकारले केही गरेन, देशले केही गरेन भन्ने मात्र हैन हामीले देशलाई के दियौं ? हामीले सरकारलाई कसरी सहयोग गर्यौ भन्ने मूल्यांकन पनि गरौं । व्यक्तिगत आस्था, सोच, धर्म फरक हुनसक्छ । जे रोप्यो त्यही फल्छ । सम्मान गरे सम्मान नै मिल्छ जस्तो लाग्दछ मलाई चाहे घरमा होस् या घरबाहिर छिमेकी मुलुकसंग होस् ।

यसरी नजिकबाट धेरै कुरा बुझ्ने समय यही कोरोनाले गर्दा पाएको हुँ । यो मेरो अनुभव साटेको मात्र हुँ, कुनै आग्रह पूर्वाग्रह छैन । समय मिले पढ्नु होला । सुझाव सहित कमेन्ट पनि गर्नु होला ।

धन्यवाद ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पहिरो

फेसबुक

पहिरो

ट्वीटर

सामाजिक सञ्जाल

More