कोरोना विशेष अस्पतालमा संक्रमितबाट संक्रमितलाई टीका

27 October, 2020 11:21 | जन सरोकार | comments | 21300 Views

दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा रहेका संक्रमितलाई विजयादशमीको टीका र जमरा लगाइएको छ । अस्पतालका व्यवस्थापक द्रोण वलीसहितका स्वास्थ्यकर्मीले अस्पतालमै उहाँहरूलाई टीका लगाइदिनुभएको हो ।

संक्रमितले यस वर्ष दशैँ मनाउन नपाएकाले अस्पतालमै भए पनि टीका लगाइदिएको व्यवस्थापक वलीले बताउनुभयो ।“यस वर्ष कोरोनाले गर्दा दशैँको रौनक छैन, धेरै व्यक्ति अहिले कोरोना संक्रमित हुनुहुन्छ, त्यसैले दशैँ मनाउन पाउनु भएन”, उहाँले भन्नुभयो,“संक्रमितको थप आत्मबल वृद्धि गर्नका लागि पनि हामीले टीका लगाइदिएका हौं ।”

व्यवस्थापक वली आफैँ पनि कोरोना संक्रमित हुनुहुन्छ । आफूसहित अहिले अस्पतालमा १८ संक्रमित रहेको उहाँले बताउनुभयो ।“ म आफैँ पनि कोरोना संक्रमित हुँ, अहिले अस्पतालमा म पनि उपचारकै क्रममा छु”, उहाँले भन्नुभयो ।

  

अहिले पाँच जनालाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ । पछिल्लो समय लक्षणसहितका संक्रमित देखिएका छन् । अहिले अस्पतालमा रहेका १८ जनालाई नै अक्सिजन दिनुपर्ने अवस्था रहेको व्यवस्थापक वलीले बताउनुभयो । दशैँका समयमा पनि स्वास्थ्यकर्मी अहोरात्र खटिएको जनाइएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More