कोरोना शिक्षा अनि सामाजिक दायित्व

28 March, 2020 13:38 | बिचार | comments | 75900 Views

करिब २०१९ डिसेम्बरतिर चीनको बुहान शहरबाट फैलिन शुरु गरेको यो कोरोना भाईरसले हामीहरुलाई धेरै सिकाएको छ । विकासको रफ्तारमा कुदिरहेको चीनको बुहानमा कोरोना भाईरस फैलिएपछि दिन प्रतिदिन बिरामीहरु थपिदै गए, त्यसै क्रममा अस्पतालहरु अर्पयाप्त हुन थाले ।

कोरोना संक्रमण कम हुने र सम्भावना बढी हुने अर्थात् ५० वर्षभन्दा कम उमेरका र कुनै रोग नभएका, विभिन्न रोगको उपचार गर्दै आइरहेका तथा ५० बर्षभन्दा माथीका मानिसहरु खोकी लागेको, ज्वरो आएको, पखाला लागेको भन्दै अस्पतालमा एकै पटक गएपछि बुहानको चिकित्सा प्रणाली ध्वस्त हुन पुग्यो । त्यसपछि यस कोरोना संक्रमणबाट मर्नेहरुको संख्यापनि ह्वात्तै बढ़यो ।

चीनबाट सिकेको पाठ हो (जुनसुकै कुरा पनि पहिला राम्ररी बुझ्ने अनि नआत्तिकन समस्या समाधानतिर लाग्ने गर्नुपर्छ) । चीनको सिससिलामा त्यो हुन सकेन, चीनियाँहरुले सम्मयमता अपनाउन सकेनन । हल्का ज्वरो खोकी लागेका पनि, जोरो खोकीले स्याप स्याप पारेको पनि अर्थात् सिकिस्त भएकाहरु पनि एकै पटक अस्पताल गए । अस्पतालमा पनि बेड, चिकित्सक संख्या, नर्स र अन्य साधनहरु पर्याप्त मात्रामा नहुँदा सबैलाई चेकअप, भर्ना लिन सकेनन् र चिकित्सा प्रणाली ध्वस्त भयो ।

  

कोरोनाको औषधि अझै पनि पत्ता लागिसकेको नभएकाले अस्पताल जाँदैमा सबै कुरा समाधान हुने पनि हैन । घरमा बसी आफ्ना घर, परिबार लगायत छर छिमेकाका आफूभन्दा जोखिम अवस्थामा रहेक कोरोना संक्रमितहरुलाई प्राथमिकता दिनुपर्ने थियो । बुढापाका अथवा भिन्न रोगबाट गर्सित (उपचार गरिरहेका)हरुलाई कोरोना लागेमा मृत्यु पनि हुनसक्छ । यो कुरा जनताले नबुझेकाले चीनलाई समस्या समाधानमा धेरै कठिनाई आएको थियो ।

चीनपछि यस कोरोना भाईरस क्रमशः जापान, कोरिया, युरोप, अमेरिका लगायत बिश्बभर फैलिने क्रममा छ । जापानमा कोरोना फैलिदै गएपछि जापान सरकारले आफ्नो चिकित्सा प्रणाली ध्वस्त हुन नदिन सिमित समससम्म रुघ, खोकी , ज्वरो लागिरहेमा मात्र अस्पताल आउनु होला भनेर भनेको छ ।
लगातार चारदिन भन्दा बढी ३७.५ डिग्रीको ज्वरो आइराखेको, ज्वरो घटाउने औषधि खान परिरहेको, शरीर सुस्त हुने (दुखिरहेको खण्डमा), सास फेर्न गाह्रो भएको खण्डमा मात्र आस्पताल आउनुहोला भनेको छ । अस्पताल आउनु अघि सरकारले तोकेको फोन नम्बरमा फोन गर्नुपर्ने, अनि आफस्लाई भएको लक्षणहरु बताउनुपर्ने, अनुमति पाएपछि मात्र अस्पताल जना पाइने छ । जापानमा बुढापाकाहरुको जनसन्ख्या अत्याधिक भएकाले पनि यस्तो तरिका अपनाएको हुनु सक्छ ।

अब दैनिक जिबनमा चाहिने अत्याबस्यक सामानहरुको बारेमा कुरा गरौ ।

जापानमा पनि अन्य देशको जस्तो सुपर मार्केटबाट ट्बाईलेट पेपर, टिस्सु पेपर, माक्स, स्यानिटाइजरहरु सकिने समस्या देखा परिरहेको छ । एउटै मानिसले आफूलाई चाहिने भन्दा बढ़ी सामानहरु किनिराखेका छन । जापानमा पनि आफ्नो बारेमा मात्र सोच्ने मान्छेहरु धेरै रहेछन । सामाजिक दायित्व सम्बन्धी शिक्षा जापानमा पनि आवश्यक छ रहेछ ।

अनि नेपाल, भारत लगायतका विकासोन्मुख राष्टहरुमा पनि शिक्षाको कमी देखीएको छ । यो त हाम्रो पुरानो समस्या नै हो । नेपालको सिससिलामा सरकारले तोकेको नियम मिचि क्वारेनटाइनबाट भागेको समाचार पनि बाहिर आएको छ । अनि चिकित्सकलाई पिपिई पुगिराखेको छैन, मन्त्री परिबारले पिपिई लगाएर फ़ेसबुक पोस्ट गरेको समाचार पनि आइरहेको छ । कसैले यही समयमा मौकामा चौका भनी धर्म प्रचार गरिराखेका छन् । मस्क जथाभाबीको रकममा बेचिरहका छन् । क्वारेनटाईनमा स्वास्थकर्मीहरुसगं झगड़ा गरेको, लक डाउनको समयमा पनि नियम नमानी बाहिर हिडने गरेको समाचार पनि बाहिर आएको छ । स्वास्थ पनि केही थाहा छैन, खाना पकाउनका लागी पनि पिपिई चाहिन्छ र रे ।

यस्ता घटना , समाचारहरु सुन्दा हाम्रो नेपालमा पढेकाहरु धेरै भए पनि सामाजिक दायित्व नबुझेका धेरै रहेछन जस्तो लाग्यो । हाम्रो पालामा प्राथमिक तहमा नैतिक शिक्षा पठाउने गरिन्थ्यो । मानिस जतिसुकै पढे पनि, सरकारी ठुलो तहमा भए पनि, नैतिक शिक्षा, सामाजिक शिक्षा थाहा छैन भने त्यो मान्छेले राम्रो काम गर्न सक्दैन बरु नपढे पनि नैतिक शिक्षा, सामाजिक शिक्षाका बारेमा जानकारी भएको मानिसले धेरै राम्रो काम गर्न सक्छ ।

कोरोनाले बिश्बलाई चुनौति दिइरहेको बेला हामीहरुले सामाजिक दायित्ब बहन गर्दै नैतिक चरित्र निभाएर दैनिक जीन बिताउन पर्छ । नत्र यस कोरोनालाई जित्न गाह्रो छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More