कोरोना संक्रमणबाट बेलायतमा मात्र १८ नेपालीको मृत्यु

22 April, 2020 14:10 | प्रबास | comments | 39150 Views

नेपालीहरुको बाक्लो बसोबास रहेको बेलायतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । त्यहाँ मंगलबार मात्र एक नेपालीको मृत्यु भएको सार्वजनिक भएको छ ।

समाचार अनुसार पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आउनुभएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको हो । आइतबार मृत्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताउनुभयो ।

  

स्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत साता अस्पताल भर्ना गरिएको थियो । अस्पतालले परिवारलाई जानकारी गराएको थियो । बेलायतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More