कोरोना संक्रमण बढेकाले सचेत बन्न प्र.म.को आग्रह, बिहिबार थपिए तीन सय ३२ जना
नेपालमा कोरोना भाइरस संक्रमण र्दनिक रुपमा बढ्न थालेको छ । बिहिबार देशभर थप ३३२ कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार छ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
बिहिबारसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७९ हजार १०० पुगेको छ । त्यस्तै पछिल्लो समय थप ७९ जना निको भएका छन् । यो सँगै निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ६०८ रहेको छ । निको हुने दर भने ९८ प्रतिशत रहेको छ ।

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४५४ रहेको छ । उनीहरुमध्ये ७७ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइशोलेशनमा रहेका छन् । हालसम्म नेपालमा २३ लाख दुई हजार १७३ को पिसिआर परीक्षण भएको छ । त्यस्तै तीन हजार ३८ ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु भएको छैन ।
यसबीच प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड(१९ संक्रमण जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सेचत बन्न आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउनसक्ने भएकाले सबैले सचेत भई सावधानीका उपायहरु अपनाउनुपर्ने सुझाव दिंदै भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो ‘कोभिड- १९ को सन्दर्भमा म भन्न चाहन्छु । यदि हामी सावधान भएनौं भने हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ । अहिलेदेखि नै हामी सावधान हुनुपर्छ । दूरी कायम गर्ने, मास्क लगाउन । हामी काभिड–१९ लाई अवसर नदिऔं ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- सुदूरपश्चिम प्रदेश उच्च जोखिममा, भारतबाट फर्कने १० प्रतिशत संक्रमित
- आदिवासी जनजाति महासंघ चिवा संयोजकमा अमृत लामा चयन
- आइतबार थप तीनसय ६७ मा कोभिड–१९
- सीमा नाकामा संक्रमण रोकथामको प्रभावकारी सयन्त्र नहुँदा बढ्दो जोखिम
- शिवपुरीको डँढेलो निभाउन हेलिकोप्टरको प्रयोग : अपेक्षाकृत समयमै नियन्त्रणमा लिइयो
- महामारीबीच वसन्त यामको हिमाल आरोहण : व्यवसायी उत्साहित
- उकालो लाग्यो कोरोनाको ग्राफ- छैन मापदण्ड पालना
- आयोजना खुलेको तीन दशक पुग्नलाग्दा पनि भएन वाग्मती ढलमुक्त
- महाधिवेशनलाई प्रभावित पार्ने विभिन्न बहाना रोक्न सबै लाग्नुपर्छ : नेता सिंह
- नयाँ बसपार्कको होटलमा युवाको शव, संगै बसेका दुईजना पक्राउ
- ‘मिनी ग्रेटवाल’ पर्यटकको पहिलो रोजाइ
- विधिको पालना र छलफलले मात्र पार्टीमा निकास निस्किन्छ : नेता नेपाल
- के हुँदैछ भारतमा ? एकै दिन एक लाख ५३ हजार सङ्क्रमित
- गल्ति उनका न मेरा समयको खेल थियो हजुर
- नयाँ वर्षका दिन चार सय ५२ जनालाई विभूषित गरिँदै
- बिस्केट जात्रा- मध्यरातमा ढुंगा हानाहान, १९ जना घाइते
- बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि
- सुनचाँदी लुटेपछि आधारातमा व्यवसायीको गोली हानी हत्या, दुईजना पक्राउ
- आज घोडेजात्रा, यस्तो छ मनाउनुको कारण र इतिहास
- गर्मी बढ्यो, कोरोनासंगै अन्य संक्रामक रोगको जोखिम
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


