नारायणकाजी नारायणकाजी

  • नारायणकाजी
  • नारायणकाजी
  • नारायणकाजी
  • नारायणकाजी
  • नारायणकाजी

“कोरोना संक्रमितको उपचार गर्न सरकार पन्छिन मिल्दैन”

20 October, 2020 17:21 | राजनीति | comments | 26700 Views

नारायणकाजी

सरकारले कोरोना संक्रमित सर्वसाधारणको उपचार नगर्ने र परीक्षण पनि नगर्ने घोषणाको सत्तारुढ दलकै प्रवक्ताबाट बिरोध भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको पछिल्लो निर्णय पुनरावलोक गर्नुपर्ने बताउँदै सरकार कोरोना संक्रमितको उपचारबाट पन्छिन नमिल्ने बताउनुभएको छ ।

सरकारले आइतबार आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिनेहरुमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने र उनीहरुले कोरोना बिमा गरेको त्यसबाट कट्टा गर्ने बताएको थियो ।

  

मंगलबार फेसबुकमा स्टाटस पोष्ट गर्दै श्रेष्ठले कोरोन नियन्त्रण तथा ब्यवस्थापनको जिम्मेवारी हामी सबैको हो र, मुलतः सरकारको भएकाले कोही पनि आफ्नो जिम्मेवारीबाट पन्छिन नमल्ने बताउनुभएको छ ।

उहाँले लेख्नुभएको छ- “कोभिड-१९ ले उत्पन्न गरेको चौतर्फी सँकट गहिरिदै गएको छ ।यसको नियन्त्रण तथा ब्यबस्थापनको जिम्मेवारी हामी सबैको हो र,मुलत: सरकारको हो ।यो महामारी र बिश्वब्यापी परिघटना भएकाले हामीले मात्र चाहेर तुरुन्त समाधान गर्न सकिने स्थिति हुँदैन भन्ने कुरा पनि स्पष्टै छ।तर हामी कसैले पनि आफ्नो जिम्मेवारीबाट पञ्छन मिल्दैन।तसर्थ सरकारले आफ्नो दायित्व र सम्बन्धित ऐनलाई ध्यान दिदै अहिलेसम्मका नीति ,योजना र निर्णयहरुलाई पुनरावलोकन गरी थप प्रभावकारी बनाउन तत्काल कदम चाल्नु पर्ने आवश्यकता छ ।साथै सबै राजनीतिक पार्टीहरु र समाजका सबै पक्षले यसमा सहयोग गर्नु पर्दछ।सरकारले यथाशीघ्र प्रतिपक्षी पार्टी लगायतका राजनीतिक पार्टीहरु र बिज्ञहरुको बैठक बोलाई परामर्श गर्नु उचित हुनेछ ।”

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नारायणकाजी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More