कोरोना संक्रमितको संख्या पाँच सय ९१ पुग्यो, हालसम्म ४५ हजारको पिसिआर

24 May, 2020 00:19 | जल/वातावरण/स्वास्थ्य | comments | 16950 Views

नेपालमा शनिबार साँझ थप ७ जना कोरोना संक्रमण पुष्टि भएसंगै कुल संख्या ५ सय ९१ पुगेको छ । साँझ थपिएका संक्रमितहरु रुपन्देही, कपिलवस्तु र गुल्मीका रहेका छन् ।

गुल्मीका संक्रमित यसअघि मृत्यु भएका ४१ वर्षीय शिक्षकको कन्ट्याक्ट ट्रेसिङमा भेटिएका हुन् । शनिबार बिहान ३२ जना संक्रमित थपिएका थिए भने दिउँसो ३६ जना संक्रमित थपिएका थिए । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा प्रदेश नं ५ मा ७ जना संक्रमित थपिएका हुन् ।

  

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले शनिबार साँझ थपिएका संक्रमितमा रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

यसबीच सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन परीक्षणको दायरा बढाउँदै लगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म पिसिआर विधिबाट कूल ४५ हजार ९५७ परीक्षण गरिएको छ । यस्तै आरडिटी विधिबाट ८६ हजार २३५ परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै तीन हजार ४९४ र आरडिटी विधिबाट चार हजार ११९ परीक्षण भएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार प्रदेशगत आधारमा प्रदेश नं १ मा १० हजार १६९, प्रदेश नं २ मा छ हजार ३०८, वाग्मती प्रदेशमा २१ हजार ७१२, गण्डकी प्रदेशमा सात हजार ७०१, प्रदेश नं ५ मा ११ हजार ४८९, कर्णाली प्रदेशमा नौ हजार ३९ र सुदूरपश्चिम प्रदेशमा १९ हजार ८१७ जनाको आरडिटी परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा रहेकाको सङ्ख्या ३२ हजार ५८७ छन् । त्यसमा प्रदेश नं १ मा एक हजार ४६१, प्रदेश नं २ मा छ हजार ९१०, वाग्मती प्रदेशमा ५३५, गण्डकी प्रदेशमा ७७९, प्रदेश नं ५ मा १७ हजार १३०, कर्णाली प्रदेशमा एक हजार ६७० र सुदूरपश्चिम प्रदेशमा चार हजार १०२ रहेका छन् ।

आइसोलेशनमा रहेकाको सङ्ख्या ५०८ रहेको छ । प्रदेश नं १ मा ६०, प्रदेश नं २ मा १६६, वाग्मती प्रदेशमा २२, गण्डकी प्रदेशमा तीन, प्रदेश नं ५ मा २४७, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा नौ जना रहेका छन् । यस्तै कोरोनालाई जितेर घर फर्कनेको सङ्ख्या ७० रहेको छ ।

पछिल्लो २४ घण्टामा ७०८ जनाले मन्त्रालयले सञ्चालनमा ल्याएको वेबपेज र एपमा मात्रै ७०८ जनाले आफ्नो विवरण भरेका छन् । सो विवरण भर्नेमा पाँच जना रेड जोनमा परेका छन् । रेड जोनमा परेकाको जाँच पड्ताल शुरु गरिसकिएको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म एप र वेब पेजमा विवरण भर्नेको सङ्ख्या ४७ हजार ९६९ पुगेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More