पक्राउ पक्राउ

  • पक्राउ
  • पक्राउ
  • पक्राउ
  • पक्राउ
  • पक्राउ

कोरोना सङ्क्रमित भेटिएको भनी अफवाह फैलाउने पक्राउ

8 April, 2020 19:51 | जन सरोकार | comments | 27300 Views

पक्राउ

जनतालाई भ्रम फैलाउने गरी कैलालीमा कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् टीकापुर नगरपालिका— १ ब्लक नम्बर १० मा कोरोना भाइरस सङ्क्रमित व्यक्ति भेटिएको गलत प्रचार गर्ने सोही नगरपालिका—२ का पवनकुमार भट्टराईलाई मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो ।

  

आफ्नो फेसबुक आइडीमार्फत “कोरोना भाइरसको सङ्क्रमित टीकापुर नगरपालिका– १ ब्लक नं. १० मा भेटियो” भनी पोष्ट गरेर आम नागरिक माझ सन्त्रास फैलाएको देखिएकाले आवश्यक कानूनी कारवाहीका लागि भट्टराईलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
पक्राउ

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More