नेपाली घर नेपाली घर

  • नेपाली घर
  • नेपाली घर
  • नेपाली घर
  • नेपाली घर
  • नेपाली घर

कोलोराडोको लङमन्ट शहरमा देउसी भैलो कार्यक्रमको आयोजना हुँदै

21 October, 2019 16:14 | प्रबास | comments | 13350 Views

नेपाली घरनातिबाबु भट्ट, कोलोराडो, अमेरिका । नेपालीहरुले दोस्रो महान चाड तिहारको अवसरमा कोलोराडो निवासी नेपाली समुदायले देउसी भैलो खेल्ने भएका छन् ।

कोलोराडोमा क्रियाशील नेपाली घर, लङमन्ट हिमालयज् लायन्स क्लबको संयूक्त आयोजनामा अक्टोवर २६ सनीबार साँझ ७ बजे देखी १० बजे सम्म लङमन्ट स्थित एभरेष्ट रेष्टुरेन्टमा देउसी भैलो खेलिन लागेको हो ।

विशेषगरी नयाँ पुस्तालाई हाम्रो रहन सहन, भाषा, संस्कृति तथा भेष भुषाको जानकारी गराउन तथा यहाँका स्थानीय बासिन्दाहरुलाई नेपालीको भाषा र संस्कृतीको पहिचान गराउन कार्यक्रम आयोजना गर्न लागिएको र यस्ता कार्यक्रमले मातृभुमी प्रतिको कर्तब्य स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको संस्कृति पहिचाहन गराउने नेपाली घरका पूर्व अध्यक्ष नारायण श्रेष्ठले बताएका छन् ।

  

देउसी, भैलो कार्यक्रममा कोलोराडोमा बसोबास गर्नुहुने सबै समुदायका गन्य मान्य, कलाकार, पत्रकार, बुद्धि जिवी, ब्यापारी तथा सर्बसाधारण सबैलाई आमन्त्रण गरिएको छ । हाम्रो धर्म, संस्कृती संरक्षण र पहिचाहन गराउन पाईने यस्तो अवसरमा, आयोजकहरुले सकेसम्म सबैलाई आ–आफ्नो जातीय पहिरन लगाई, बाल बलिकाहरुलाई पनि सहभागी गराई संस्कृती सिक्ने र सिकाउने बाताबरण बनाई दिनु हुन आग्रह गरेका छन् ।

लङमन्ट हिमालयज् लायन्स क्लबछुट्टै जातीय पहिरन नहुनेहरुले सकेसम्म पुरुषहरु दौरा सुरुवाल र महिलाहरु साडी चोलो लगाएर सहभागी भई कार्यक्रमको शोभा बढाई दिनुहुन हिमालयज् लायन्स क्लबका अध्यक्ष जोशन श्रेष्ठले सबैलाई अनुरोध गरेका छन् ।

कोलोराडोमा नेपाली घर र लङमन्ट हिमालयज् लायन्स क्लबको संयूक्त आयोजना नेपालीहरुको भाषा, संस्कृती , रिती रिवाज, तथा भेष भुषाको संरक्षण, सम्बर्धन र पहिचान गराउने उद्देश्यको साथ हरेक बर्ष देउसी भैलो लगायत बिभिन्न सांस्कृतीक कार्यक्रमको आयोजना हुँदै आएको छ ।

अमेरिकामा देउसी–भैलोबाट १ लाख १६ हजार डलर सङ्कलन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेपाली घर

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More