कोलोराडोमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न कोलोराडोमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न

  • कोलोराडोमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न
  • कोलोराडोमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न
  • कोलोराडोमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न
  • कोलोराडोमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न
  • कोलोराडोमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न

कोलोराडोमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न

21 October, 2019 14:49 | प्रबास | comments | 16800 Views

कोलोराडोमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट, कोलोराडो, अमेरिका । हिन्दुहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले शनिबार साँझ एक सांस्कृतिक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेका छन् ।

ads ads

नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा, त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति तिर्थ खनियाँको प्रमुख आतित्थ्यता तथा हेल्पिङ्ग हेण्डका अध्यक्ष नारायण श्रेष्ठको विशेष आतिथ्यतामा, लोकगायक भगवान भण्डारी र स्थानीय कलाकारहरुका माझ उनीहरुले बिभिन्न सांस्कृतीक कार्यक्रम गर्दै महान चाड मनाएका हुन् ।

नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर शुरु गरिएको कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, गन्यमान्य, व्यावसायी, बुद्धीजिवी, कलाकार, साहित्यकार, पत्रकार, नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानीय अमेरीकीहरु तथा सर्बसाधारणको उपस्थिती रहेको थियो ।

कोलोराडोमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न

आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापती बिनोद त्रीपाठीले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए । त्यसैगरी कार्यक्रममा प्रमुख अतिथी डा. खनियांले दशै, तिहार र छठको शुभकामना दिदै, नेपाल देखि यति टाढा आएर बसोबास गर्दा पनि नेपालको धर्म संस्कृतीलाई निरन्तरता दिई संरक्षण र पहिचाहनमा टेवा दिएकोमा सबैलाई धन्यवाद दिए ।

उनले मातृभुमीलाई नभुल्न र यथा सक्य सहयोग गर्न सबैलाई आग्रह गर्दै, प्रवासमा रहेका सबै नेपालीलाई नेपाली राजदुतको संज्ञा दिए । प्रवासमा रहेका नेपालीबाट देशमा नयाँ प्रविधी ल्याइ बिकास गर्नुपर्ने धारणा राखे । त्यसैगरी कार्यक्रममा विशेष अतिथी नारायण श्रेष्ठ, लोकगायक भगवान भण्डारी, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका ट्रष्टी पदम विश्वकर्मा, संस्थाका पूर्व अध्यक्षद्धय धर्मराज श्रेष्ठ र शरद आचार्यले शुभकामना मन्तब्य राखेका थिए ।

कोलोराडोमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न

कार्यक्रमको दोश्रो चरणमा सांस्कृतिक कार्यक्रम संचालन भएको थियो । स्थानीय कलाकारहरुले नेपाली संगीतमा कुशल नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी लोकगायक भगवान भण्डारी तथा स्थानिय कलाकारहरु निर्मला साप्कोटा र रिता ज्ञावालीबीच दोहोरी गीत सञ्चालन गरि दर्शकहरुलाई नयाँ स्वाद पस्कने प्रयास गरिएका थियो । कार्यक्रमको अन्त्यमा गायक भगवान भण्डारीले आफ्ना चर्चित गीतहरु खैरेनीमा गेट, फुलमा भमरा, बनमा कांडा छ जस्ता गीतहरु गाएर सहभागीहरुलाई नचाएका थिए ।

कार्यक्रम गर्न तोकिएको सेन्चुरी मिडिल स्कुल ईमरजेन्सी सट डाउन गर्नु परेको कारण अन्तिम घडीमा कार्यक्रम हुने स्थान परिवर्तन गरि वेस्टमिनिष्टर स्थित याक एण्ड यती रेष्टुरेन्टमा तोलिएको समय भन्दा दुई घण्टा पछाडी कार्यक्रम संचालन गरिएको थियो । आयोजक संस्थाका महासचिव विनय दाहाल र किरण अधिकारी द्धयले कार्यक्रम संचालन गरेका थिए । त्यस्तै कार्यक्रमका प्रमुख अथिती र विशेष अतिथी लगायतका अतिथीहरुलाई अध्यक्ष बिनोद त्रिपाठीले खादा लगाई दिई स्वागत गरेका थिए ।

कोलोराडोमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न

कार्यक्रमको अन्तमा उपस्थित सबैलाई दशै, तिहार र छठको शुभकामना दिदै महासचिव विनय दाहाल र अध्यक्ष बिनोद त्रिपाठीले संकटको घडीमा स्थान उपलब्ध गराई कार्यक्रम सफलपार्न विशेष सहयोग गर्ने याक एण्ड यतिका संचालक दिनेश भट्टराई लगायत कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

मुख्यमन्त्री राईद्वारा बडादशैँको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
कोलोराडोमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More