समर पिकनिक समर पिकनिक

  • समर पिकनिक
  • समर पिकनिक
  • समर पिकनिक
  • समर पिकनिक
  • समर पिकनिक
  • समर पिकनिक

कोलोराडोमा नेपाली जनसम्पर्क समितिको समर पिकनिक सम्पन्न 

22 July, 2019 15:15 | प्रबास | comments | 9300 Views

समर पिकनिक

नातिबाबु भट्ट, कोलोराडो, अमेरिका । कोलोराडोमा रहेका नेपालीहरु बिच भेटघाट, एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्देश्यले नेपाली जनसम्पर्क समिति कोलोराडो च्याप्टरद्धारा आयोजना गरिएको समर पिकनिक आइतबार सम्पन्न भयो ।

adsads

कोलोराडोको ब्रुमफिल स्थित कम्यूनिटी पार्कमा सम्पन्न पिकनिक कार्यक्रममा बिभिन्न संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, गन्यमान्य, कलाकार, व्यवसायी, बाल बालिका तथा सर्वसाधरणको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिती अमेरिकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, सल्लाहकार बुद्धी लामीछाने, केन्द्रिय सदस्य गोबिन्द लम्साल, पूर्व केन्द्रिय सदस्य जगन्नाथ शर्मा, नेविसंघका पूर्व महामन्त्री यादव पन्थ, एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष कुमारजंग कार्की, लायन्स ६ नर्थ ईष्टका द्वितीय उपाध्यक्ष एवं लङमन्ट लायन्सका अध्यक्ष जोशन श्रेष्ठ, लायन्स ६ नर्थ ईष्टका जोन चेयर पर्शन प्रमोद श्रेष्ठ, नेवा खःलका अध्यक्ष प्रेमकाजी श्रेष्ठ, तमु धिका अध्यक्ष चन्द्रबहादुर गुरुङ, कोलोराडो सिष्टर ग्रुपका संयोजक धन पौडेल, एनआरएन कोलोराडो च्याप्टरका निवर्तमान अध्यक्ष बासुदेब खनाल, नेपाली घरका उपाध्यक्ष नातिबाबु भट्ट, आयोजक संस्थाका पदाधिकारी लगायतका ब्याक्तिहरुको उपस्थिती रहेको थियो ।

दिउँसो ४ बजेदेखि ८ बजेसम्म संचालित पिकनिकमा आयोजकले घर घरमा नेपाली स्वादको स्वादिष्ट खाना बनाएरल्याई पिकनिकमा सहभागीहरुलाई नि:शुल्क उपलब्ध गराएका थिए । उपस्थित दिदी बहिनि दाजुभाईहरुले नेपाली लोकगीतमा नाचगान गरि सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए ।

अमेरिकामा हालसम्म २७ वटा स्टेटहरुमा नेपाली जनसम्पर्क समितीका च्याप्टरहरु गठन भएका छन् । कोलोराडोमा २००५ मा धर्मराज श्रेष्ठको अध्यक्षतामा औपचारिक रुपमा च्याप्टर गठन गरिएको थियो । यसै संस्थाले २०१२ देखी नेपालीहरु बिच भेटघाट, एक आपसमा समन्वय तथा सद्भाब बढाउने उद्देश्यले समर पिकनिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।

समर पिकनिक

कार्यक्रमको अन्तमा आयोजक संस्थाका अध्यक्ष गणेश भण्डारीले पिकनिक कार्यक्रम सफल बनाउन सहयोग गर्ने तथा कार्यक्रममा उपस्थित हुने सबैलाई धन्यवाद दिएका थिए ।

नेपाली जनसम्पर्क अमेरिकाको समर पिकनिक सम्पन्न

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
समर पिकनिक

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!