नेपाल डे परेड नेपाल डे परेड

  • नेपाल डे परेड
  • नेपाल डे परेड
  • नेपाल डे परेड
  • नेपाल डे परेड
  • नेपाल डे परेड

कोलोराडोमा नेपाल डे परेड सम्पन्न

16 April, 2018 15:51 | प्रबास | comments | 136650 Views

नेपाल डे परेड

नातिबाबु भट्ट, कोलोराडो, अमेरिका – नयाँ बर्ष २०७५ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले “नेपाल डे परेड” आयोजना गरि एक आपसमा शुभकामना साटासाट गरेका छन् ।

रकि माउन्टेण्ड फ्रेन्डस् अफ नेपाल आयोजनामा तथा हेल्पिङ ह्याण्डको सहयोगमा बोल्डर नगरमा सम्पन्न “नेपाल डे परेड” कार्यक्रममा नेपाली राजदुतावासका आर्थिक सल्लाहकार कैलासराज पोख्रेलको प्रमुख अतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा गायक सन्जिव प्रधान, स्थानीय संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, बुद्धीजिवी, कलाकार, पत्रकार, व्तावासयी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो ।

  

भौगोलीक हिसावले नेपालसंग मिल्दो जुल्दो सुन्दर बोल्डर नगरमा आयोजित परेड कार्यक्रममा नेपालीहरुले नेपाल र अमेरीकाको झण्डा, प्लेकार्ड ब्यानर बोकी धिमेबाजाको तालमा नेपाली गीत गाउंदै, शुभकामना साटासाट गर्दै हर्सोउल्लास तथा मनोरन्जनका साथ नगर परिक्रमा गरेका थिए ।स्थानीय खुल्लामञ्चबाट सुरु भएको परेडमा सहभागी कतीपय नेपालीहरु दौरा सुरुवाल, ढाकाको टोपी, सारी चोलो लगाएर आएका थिए भने, कोही आफ्नो जातीय भेष भूषा संस्कृती झल्कने पहिरहन लगाएर आएका थिए । अमेरीकी भूमिमा नेपालीहरुले नेपालको झण्डा हल्लाउंदै हिड्दा गौरबले छाती फुलेको महशुस हुन्थ्यो ।

बालक वृद्ध सबै उमेर समूहका नेपालीको उपस्थिती रहेको उक्त कार्यक्रममा नेपाल र नेपाली संस्कृती प्रति माया र सद्भाव राख्ने अमेरीकी नागरिकहरुकोपनि सहभागीता रहेको थियो । बाटाका छेउछाउका दर्शकहरुले भने हेप्पी न्यु एयर, नमस्ते भन्दै ताली पिटेर स्वागत गरेका थिए । कार्यक्रममा सहभागी सबै उमेरका नेपालीहरुले आ– आफ्नो दौतरीसंग आफ्नो रिति र परम्परा अनुसार शुभकामना साटासाट गरिरहेका थिए ।

नगर परिक्रमा गर्नु अगाडी कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी कैलासराज पोख्रेलले नेपालीको शिर उच्च पार्ने यस्तो महत्वपूर्ण तथा सुन्दर कार्यक्रममा सहभागी हुन पाएकोमा आफू धेरै हर्षित भएको बताउदै अमेरीकामा नेपाल डे परेड भनेर कोलोराडोबासीले पहिले शुरु गरेकोमा कोलोराडो बासी नेपालीलाई धन्यवाद दिए ।

गायक सन्जिब प्रधानले राष्ट्रिय गीत गाएर थिए भने, कोलोराडोमा क्रियाशील सबै संघ संस्थाका पदाधिकारीहरुले शुभकामान मन्तव्य दिएका थिए । हेल्पिङ्ग हेण्डका तर्फबाट पद्यराज तमाले सबैलाई स्वागत गरेका थिए । त्यस्तै आयोजक संस्थाका अध्यक्ष बिनोद त्रिपाठीले नेपाल र नेपालीको पहिचान दिने यस कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका थिए ।

नेपाल डे परेड

बोल्डर सहरमा नेपालीहरुको बसोबास बाक्लोहुँदै गएपछि यहाँका स्थानीयलाई नेपाली भाषा संस्कृती पहिचान गराउन हेल्पिङ्ग हेण्डका अध्यक्ष नारायण श्रेष्ठको पहलमा आज भन्दा १४ बर्ष अगाडी “नेपाल डे परेड”को सुरुआत गरिएको थियो । कोलोराडो स्थित बोल्डर सिटी एण्ड काउन्टिको कार्यालयले सन् २००४ देखि हरेक बर्ष अप्रिल महिनाको तेश्रो आईतबार नेपालीहरुको नया ंबर्षको उपलक्ष्यमा “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि “नेपाल डे परेड ”कार्यक्रम आयोजना गर्न थालिएको हो । नेपालीहरुको दिवस भनेर अमेरीकी सरकारबाट स्विकृत भएको यो पहिलो सूचिकृत कार्यक्रम हो ।

कोलोराडोमा नेपाल डे परेड सम्पन्न

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेपाल डे परेड

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More