अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर

  • अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर
  • अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर
  • अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर
  • अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर
  • अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर
  • अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर

कोलोराडोमा भानु जयन्तीको अवसरमा कवि गोष्ठीसंगै साहित्य समाजको साधारण सभा हुँदै

15 July, 2019 17:20 | प्रदेश | comments | 9450 Views

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरनातिबाबु भट्ट, कोलोराडो, अमेरिका – अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा २०६ औं भानु जयन्तीको अवसरमा साहित्यिक कवि गोष्ठी तथा संस्थाको साभारण सभा हुने भएको छ ।  वेष्ट मिनिष्टर स्थित होटल क्वालिटीको सभाकक्षमा आगामी जुलाई २८ तारिकका दिन दिउँसो १ बजे देखी भानु जयन्तीको अवसर पारेर साहित्यिक कार्यक्रम तथा संस्थाको साधारण सभा हुन लागेको हो ।

adsads

१८७१ असार २९ गते तनहुँको रंघामा जन्मीएका भानुले नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृती, धर्म, दर्शन, चरित्र, मर्यादा, कर्तब्य र देशप्रेम जस्ता समग्र बिषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर उनले आदिकविको मान्यता पाएका हुन् । आधुनिक नेपाली भाषा साहित्यको आधार स्तम्भ आदी कवी भानुभक्त्त नेपालका राष्ट्रिय बिभुती समेत हुन् ।

उनै भानुभक्तको सम्मानमा कविता वाचन, गीत, नृत्य जस्ता कार्यक्रम आयोजना हुन लागेको छ । उक्त अवसरमा लेख, रचना लिएर सुन्न र सुनाउन जुलाई २८ तारिकका दिन संस्थाका सबै साधारण तथा आजिवन सदस्य, संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, गन्यमान्य, कवि, कवयत्री, गायक, कलाकार, व्यवसायी, बाल बालीका तथा सर्वसाधारण सबैलाई उपस्थितीको लागी अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलले अनुरोध गरेका छन् ।

ढुङ्गेलले संस्थाको नया कार्यसमिती चयनकोलागी दुईपटक निर्वाचन समिती गठन गरिसक्दा समेत निर्वाचन कार्यक्रम सफलताका साथ सम्पन्न हुन नसकेको कारण साधारण सभा बोलाईएको र सोही सभाले नया कार्यसमिती चयनको मार्ग मार्गदर्शन गर्ने बताएका छन् ।

स्मरण रहोस् संस्थाद्धारा गठित पहिलो निर्वाचन कमिटिले निर्वाचन प्रक्रिया सम्पन्न हुनु अगावै राजीनामा दिएको थियो भने, दोश्रो कमिटिले आव्हान गरेको मनोनयनमा, निर्वाचन कमिटीका अनुसार अध्यक्ष पदकोलागीमात्र प्रकृया नपुर्याई आवेदन परेको थियो । उता संस्थाका केही आजिवन सदस्यहरुले निर्वाचन कमिटिले समयमै निर्वाचन सम्बन्धी जनाकारी नगराई वर्तमान कार्यसमितीलाई नै निरन्तरता दिलाउन निर्वाचन कमिटीले चुनावको नाटकमात्र गरेको आरोप लगाएका छन् भने, संस्थाका अध्यक्ष कृष्णमुरारीले टिम बनाएर आए आफू जुनसुकै बेलापनि संस्थाको कार्यभार हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।

मानिस जहाँ जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्देश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ शिर उठाई बाच्न आनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको छ । यसै अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा श्रष्टा सम्मान तथा कवि गोष्ठी भन्ने नाराका साथ दुईबर्षे कार्यकालमा २२ जना श्रष्टाहरुको सम्मान तथा अभिनन्दन र संस्थाको महत्वपूर्ण गतिविधिहरु संगेटिएको पहिलो स्मारिका प्रकाशन गरिसकेको छ ।

क्यानडामा भानुजयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य दिवस सम्पन्न

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!