अन्तराष्ट्रिय शान्ति दिवसअन्तराष्ट्रिय शान्ति दिवस

  • अन्तराष्ट्रिय शान्ति दिवस
  • अन्तराष्ट्रिय शान्ति दिवस
  • अन्तराष्ट्रिय शान्ति दिवस
  • अन्तराष्ट्रिय शान्ति दिवस
  • अन्तराष्ट्रिय शान्ति दिवस
  • अन्तराष्ट्रिय शान्ति दिवस

कोलोराडोमा सात देशका नागरिकले संयूक्तरुपमा गरे विश्व शान्तिको कामना

23 September, 2019 21:28 |प्रबास | comments | 5100 Views

    अन्तराष्ट्रिय शान्ति दिवस

    नातिबाबु भट्ट, कोलोराडो, अमेरिका । अन्तराष्ट्रिय शान्ति दिवसको उपलक्ष्यमा कोलोराडोको स्थित लङमन्ट शहरमा शनिबार सात देशका नागरिक जम्मा भई मानव निर्मित विकासका माध्यमबाट विश्वमा अशान्ति फैलदै गएको भन्दै संयूक्तरुपमा विश्व शान्तिको कामना गरेका छन् ।

    adsads

    युनिभर्सल पिस क्रेटर्स र लङमन्ट हिमालयज् लायन्स क्लवको संयूक्त आयोजना तथा स्थानिय संघ संस्थाहरुको सहयोगमा “युनिटी फर पिस सेलिब्रेशन ” कार्यक्रम सम्पन्न भएको हो । अमेरीकी आदिवासीहरुले विश्व शान्तिको कामना गर्दै विधिपुर्वक पुजाआजा गरेर शुरु गरेका कार्यक्रममा नेपाली, इन्डियन, क्यारनेडियन, मेक्सिकन, ब्राजिलियन, तिब्बतीयन र लाओसी लगायतका देशका नागरिकहरु जम्माभई विश्व शान्तिको कामनागर्दै आ -आफ्नो सांस्कृतिक नृत्य प्रस्तुत गर्दै शान्ति दिवस मनाएका हुन् ।

    अन्तराष्ट्रिय शान्ति दिवस

    कार्यक्रममा स्थानिय संस्थाका प्रतिनिधी म्याग्नोलीया ल्याण्न्स पोसासले मानव निर्मित विकासका कारण विश्व असुरक्षित बन्दै गएका कारणहरु उल्लेख गर्दै समाधानका उपायहरु सहित तयार पारिएको कार्यपत्र प्रस्तुत गरेकी थिईन । कार्यक्रममा लङमन्ट शहरका मेयर ब्रेन व्याग्ली, आयोजक संस्थाका पदाधिकारी, गन्यमान्य, पत्रकार, समाजसेवी, स्थानिय सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    कार्यक्रम स्थलको हातामा बिभिन्न जातका ५ वटा विरुवाको बृक्षरोपण गर्दै सम्पन्न कार्यक्रममा सहभागीहरुलाई विभिन्न देशका खानाका परिकारहरु नि:शुल्क वितरण गरिएको लङमन्ट लायन्सका पुर्व अध्यक्ष एवं लायन्स ६ नर्थ ईष्टका जोन चेयर पर्शन प्रमोद श्रेष्ठले बताएका छन् ।

    अन्तराष्ट्रिय शान्ति दिवस

    आश्विनी श्रेष्ठ र सक्सिडले संयुक्त्त रुपमा संचालन गरेका कार्यक्रमको अन्त्यमा युनिभर्सल पिस क्रेटर्सका अध्यक्ष ईभेत लार्रेयाले कार्यक्रम सफल बनाउन सहयोगगर्ने सबैलाई धन्यवाद दिदै, विश्व दिन प्रतिदिन असुरक्षित बन्दै गएकोले सबैले हातेमालो गर्दै यसलाई सुरक्षित बनाउन अनुरोध गरेकी थिईन् ।

    अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा क्यानाडामा अन्तरक्रिया कार्यक्रम

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    अन्तराष्ट्रिय शान्ति दिवस

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!