कोही राष्ट्रवादी कोही राष्ट्रघाती होइनौं, सबै मिलेर गरेका हौं : दाहाल

12 July, 2020 20:05 | राजनीति | comments | 24300 Views

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान बनाउनेदेखि नाकाबन्दी, नयाँ नक्शा जारी गर्ने जस्ता कार्य सबै मिलेर गरिएको बताउँदै कोही राष्ट्रवादी, कोही राष्ट्रघाती होइनौँ भन्नुभएको छ ।

जिल्ला पार्टी कार्यालय चितवनमा आइतबार कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ऐतिहासिक कार्य सबै मिलेर गरिएको बताउँदै पार्टी विभाजन हुन नदिई पार्टी एकतालाई अक्षुण्ण राखिने बताउनुभयो ।

  

कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अहिले यता र उता दौडिनुभयो भने पछि पछुताउनुहोला ।” उहाँले सबैले पार्टी एकताका पक्षमा नारा लगाउनुपर्नेमा जोड दिनुभयो । आफू पार्टीमा देखिएका पछिल्ला सङ्कटबारे गम्भीर छलफलमा रहेको तथा हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन आफू हदैसम्म लचकताका साथ लागिपरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ठूलो पार्टीमा विवाद आउनु नौलो होइन, विचार, विधि र जनवादी केन्द्रीयताका आधारमा एकताबद्ध हुने सैद्धान्तिक यथार्थलाई सम्पूर्ण कम्युनिष्ट पार्टीका कार्यकर्ताले मान्नैपर्छ ।” उहाँले पार्टीमा विवाद भएमा विधिबाट समाधान खोजिने बताउनुभयो । पार्टी र नेतालाई उक्साउने प्रवृत्तिका विरुद्ध खबरदारी गर्न उहाँले कर्ताकर्तालाई आग्रह गर्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More