क्यानडामा भानुजयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य दिवस सम्पन्न क्यानडामा भानुजयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य दिवस सम्पन्न

  • क्यानडामा भानुजयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य दिवस सम्पन्न
  • क्यानडामा भानुजयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य दिवस सम्पन्न
  • क्यानडामा भानुजयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य दिवस सम्पन्न
  • क्यानडामा भानुजयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य दिवस सम्पन्न
  • क्यानडामा भानुजयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य दिवस सम्पन्न
  • क्यानडामा भानुजयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य दिवस सम्पन्न

क्यानडामा भानुजयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य दिवस सम्पन्न

15 July, 2019 16:05 | प्रबास | comments | 15000 Views

क्यानडामा भानुजयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य दिवस सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्यानडा, अटवा र गैर आवासीय नेपाली संघ क्यानडाको संयुक्त आयोजनामा क्यानडाको राजधानी अटवामा आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्ती तथा अन्तराष्ट्रिय नेपाली भाषा साहित्य दिवस एक साहित्यिक कार्यक्रमका साथ सम्पन्न भयो । साहित्यिक कार्यक्रममा साहित्यकार र साहित्यानुरागीहरूको भव्य उपस्थितिमा क्यानडाका लागि नेपाली राजदूतावासका तर्फबाट प्रथम सचिव प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा भयो ।

adsads

भानुभक्त आचार्यको तस्विरमा माल्यार्पण तथा अविरार्पण गरी कार्यक्रमको शुभारम्भ भएको थियो । अनेसास अटवाका सल्लाहकारहरु एनसिएओका प्रतिनिधी, एनआरएनए क्यानडाका प्रतिनिधी, अटवाका साहित्यकारहरुले आदिकवि भानुभक्तको तस्विरमा पुष्प तथा अविर अर्पण गर्नु भएको थियो । अनेसास क्यानडा अटवाका कोषाध्यक्ष नविन सुवेदीको स्वागत मन्तव्यबाट अघि बढेको कार्यक्रममा प्रताप बस्नेतले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो ।

त्यस्तै गरी डा राजेन्द्र पराजुलीले नेपाली भाषाको मह्त्व र यसले संसार भरी छरिएर रहेका नेपालीहरुलाई कसरी एकतामा बाँधेको छ । नेपाली भाषालाई अझ कसरी सशक्त बनाउँन आवश्यक छ भन्ने विषयमा प्रकाश पार्नु भयो । कार्यक्रममा स्थानीय कवि कवयत्रीहरु कमल कोइराला, कुशुम शर्मा, मानुष बस्नेत, परी पोख्रेल, लिला खतिवडा, अस्मिता खड्का, प्रकृती खरेल, योगेन्द्र भट्टराई, राजेन्द्र केसी, सुरेन उप्रेती, रीता सिलवाल आदिले भानुभक्त, नेपाली भाषा, मातृ भूमिनेपालको माया र समसामयिक परिस्थितिको बारेमा आ-आफ्ना कविता बाचन गरेर सुनाउनु भएको थियो ।

बिना शर्माले भानुभक्तको योगदानमा कुनै शंका गर्न सकिंदैन । ठूलो योगदान गर्नु भएको छ तर बधुशिक्षाले नारीहरुको सम्मानमा आँच पुर्याएको छ भन्ने भनाइ राख्नु भयो । नेपालमै नेपाली भाषाको महत्वमा ध्यान पुग्न नसकेको अवस्था छ । प्रवासमा रहेका नेपालीहरुलाई मात्रै बढी चिन्दा भएको देखिन्छ । यदी यसो हो भने के कारणले हो भन्ने विषयमा लामो छलफल भएको थियो । यस बिषयमा बाशु शर्मा कृष्णहरि गौतम इश्वर ढुंगेल कालीदास सुबेदी योगेन्द्र भट्टराई राजेन्द्र पराजुली राजेन्द्र केसी कमल कोइराला आदिले आ-आफ्नो धारणा राख्नु भएको थियो ।

भाषा भनेको कुनै पनि देशो प्राण हो । यसमा कला संस्कृति साहित्य जस्ता अनमोल कुराहरु लुकेका हुन्छन् । त्यसैले पनि भाषाको संरक्षण एक अपरिहार्य कुरा हो । भाषा लोप भयो भने हाम्रो पहिचानको लोप हुन्छ । अस्थित्वको लोप हुन्छ भन्दै छलफलमा आ आफ्ना भनाईहरु राख्नु भएको थियो । नेपालका सबै विधालयहरुमा सामाजिक शिक्षालाई नेपाली भाषामै पढाउने हो भने अवश्य पनि नेपाली भाषाको विकाश हुन सक्छ भन्दै तर्क राख्नु भयो ।

नेपाली राजदूतावासका प्रथम सचिवले आफ्नो मन्तव्य राख्दै यसरी प्रवासमा पनि साहित्यिक कार्यक्रमहरु राखेर नेपाली भाषा र साहित्यमा योगदान पुर्याउनु भएको मा आयोजकहरुलाई धन्यवाद दिनु भयो । नेपालीहरुको बसोवास पनि ठूलो हूँदै गएकोले पुस्तकालयहरु स्थापना गर्ने र आफ्ना बालबालिकाहरुलाई नेपाली भाषाका पुस्तकहरु पढ्न लगाउने । अरु भाषाका साहित्यकारहरु भन्दा नेपाली भाषाको साहित्य कम छैन । उच्चकोटीको छ भन्ने ज्ञान दिनु जरुरी छ । पुस्तकालय खोल्न र यस प्रकारका साहित्यिक कार्यक्रमहरुमा सहयोगका लागि नेपाली राजदूतावास सदैव तयार रहेको कुरा राख्नु भयो ।

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद भाषा साहित्य उपसमितिले गत बर्ष देखि भानु जयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य दिवसका रुपमा विश्व भरी नै मनाउन थालेको कुरा सुरेन उप्रेतीले राख्नु भयो । नेपाल प्रज्ञा प्रतिष्ठान सँगको सहकार्यमा प्रवासमा रहेका कथाकारहरुलाई समेटेर कथा संग्रह प्रकाशन हुन लागेको कुरा पनि बताउनु भयो । त्यस्तै सबै महादेशहरुबाट नेपाली साहित्यका पुस्तकहरुलाई त्यहाँको स्थानिय भाषामा अनुवाद गरी प्रकाशन गर्न लागिएको र नर्थअमेरिकाबाट अंग्रेजी भाषाको कथा संग्रम चाँडै आउने कुरा जानकारी दिनु भयो ।

समाजका उपाध्यक्ष तारा उप्रेतीको सभापतित्वमा भएको उक्त कार्यक्रलाई समापन गर्दै व्यस्त समयमा नेपाली भाषालाई माया गर्दै उपस्थित हुनु हुने सबैलाई धन्यवाद दिनु भयो । अटवामा नेपाली भाषाका छ वटा कक्षाहरु र एउटा नेपाली क्रेडिटकोर्ष हाईस्कुलको पनि पढाई हुँदै गरेको कुरा जानकारी गराउँदै सबै बालबालिकालाई पढ्न प्रेरित गर्न अनुरोध गर्नुभयो । सबै नेपाली भाषी र नेपाली भाषालाई माया गर्नु हुनेलाई घरघरमा नेपाली भाषा नै वोल्न पनि अनुरोध गर्नु भयो ।

अनेसास क्यानडाका महासचिव सन्तोष बरालकव उर्जापूर्ण संचालनले सबैलाई मन्त्र मुग्ध बनाएको थियो । कार्यक्रमको अन्त्यमा जलपानको व्यवस्था गरिएको थियो ।

‘भानुभक्तीय रामायण’लाई विश्वसम्पदा सूचीमा राख्न सुझाव

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
क्यानडामा भानुजयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य दिवस सम्पन्न

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!