क्यान निलम्बन फुकुवासंगै कप्तान खड्काले गरे राजीनामाको घोषणा

15 October, 2019 16:30 |खेल | comments | 7800 Views

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले आफ्नो कप्तान पदबाट राजीनामा दिने घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाल क्रिकेट संघ (क्यान)माथि लगाएको प्रतिबन्ध हटाएको घोषणा गरेलगत्तै पारसले राजीनामा दिएका हुन् ।

    adsads

    आफ्नो आधिकारिक फेसबुक पेजमा अंगेजी भाषामा लामो स्टाटस लेख्दै पारसले भनेका छन् नेपाल क्रिकेट संघको प्रतिबन्ध हटेको सुनेर धेरै खुसी भएको छु । नेपाली क्रिकेट, खेलाडी, प्रशंसक तथा पदाधिकारहरुलाई नयाँ कामको लागि शुभकामना दिन चाहन्छु ।

    पासले लेखेका छन् “मैले कप्तानको भूमिकाबाट राजीनामा दिने निर्णय गरेको छु, नेपाली क्रिकेट नयाँ तरिका र सोचबाट अघि बढ्नका लागि आफूले कप्तान पदबाट राजीनामा दिएको छु ।”

    मेरो अविश्वसनीय यात्रामा साथ दिएकोमा खेलाडी, प्रशिक्षक, अम्पायर, मैदान, साथीभाइ तथा आफ्नो परिवारलाई धन्यवाद ।

    नेपाली क्रिकेटलाई लगभग शून्यको अवस्थाबाट एकदिवासीय मान्यताा दिलाउन र टी २० विश्वकपसम्मको यात्रामा पुर्याउन सफल कप्तान खड्काले कप्तानबाट राजीनामा दिने घोषणा गरेपछि उनी नेपाली क्रिकेटको विकासका लागि खेलाडी तथा नयाँ भूमिकामा देखापर्ने आँकलन खेल क्षेत्रमा हुन थालिसकेको छ ।

    कुशल नेतृत्व र शान्त स्वाभावका ३२ वर्षीय खड्का मैदानमा आक्रामक रुपमाा देखिन्छन् । उनले विश्व क्रिकेटमा आफूलाई विश्वका महारथी क्रिकेटरहरुको समकक्षमा उभ्याइसकेका छन् । टी २० मा शतक प्रकार गर्ने विश्वका थोरै कप्तानमध्येमा उनी पर्दछन् भने टी २० मा उच्च रन बनाउनेहरुको सूचमा पनि अग्रस्थानमै पर्दछन् ।

    सोमबार दुबईमा बसेको आईसीसी बोर्ड बैठकले नेपाल र जिम्बाब्वेको निलम्बन फुकुवाको निर्णय गरेको हो । आईसीसीले नेपाललाई २०१६ मा निलम्बन गरेको थियो । यो निलम्बनपछि उसकै अगुवाईमा विधान संशोधन हुनुका साथै हालै भएको निर्वाचनले चतुरबहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति बनाएको थियो ।

    कप्तान खड्काले राजीनामा दिएको घोषणा गरे पनि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खड्काको राजीनामाबारे आफूहरूलाई जानकारी नभएको बताउँदै आधिकारिक रूपमा हामीकहाँ राजीनामा नआएको जनाउनुभएको छ ।

    चन्दले कुनै पनि टोलीमा कप्तानले राजीनामा गर्ने वा नयाँ नेतृत्व चयन हुने कुरा नौलो हैन र आधिकारिक रूपमा क्यानलाई जानकारी गराइएको खण्डमा हामी पदाधिकारीहरूको बैठक बसेर निर्णय गर्ने बताउनुभएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!