क्यालेन्डरमा उसवेलाका सहर : नयाँ सडकमा हात्ती, धरानमा रेल क्यालेन्डरमा उसवेलाका सहर : नयाँ सडकमा हात्ती, धरानमा रेल

  • क्यालेन्डरमा उसवेलाका सहर : नयाँ सडकमा हात्ती, धरानमा रेल
  • क्यालेन्डरमा उसवेलाका सहर : नयाँ सडकमा हात्ती, धरानमा रेल
  • क्यालेन्डरमा उसवेलाका सहर : नयाँ सडकमा हात्ती, धरानमा रेल
  • क्यालेन्डरमा उसवेलाका सहर : नयाँ सडकमा हात्ती, धरानमा रेल
  • क्यालेन्डरमा उसवेलाका सहर : नयाँ सडकमा हात्ती, धरानमा रेल
  • क्यालेन्डरमा उसवेलाका सहर : नयाँ सडकमा हात्ती, धरानमा रेल

क्यालेन्डरमा उसवेलाका सहर : नयाँ सडकमा हात्ती, धरानमा रेल

15 May, 2019 12:30 | पत्रपत्रिका | comments | 18600 Views

क्यालेन्डरमा उसवेलाका सहर : नयाँ सडकमा हात्ती, धरानमा रेल

होचा घर, केही गाडी, लमकलमक लम्किरहेको हात्ती । टाढैबाट देखिने जुद्ध सालिक र वसन्तपुर दरबार ।

adsads

गन्तव्यमा लम्किरहेका मान्छे । तर, भीडभाड छैन । यो ०२३ सालको नयाँ सडक हो । यो वर्ष हिमालयन बैंकले देशका प्रमुख सहरका ५० वर्ष पुराना तस्बिर राखेर क्यालेन्डर निकालेको छ । क्यालेन्डरमा काठमाडौंको नयाँ सडकसहित विराटनगर, धरान, धनकुटा, हेटौँडा, पोखरा, बनेपा, पाटनलगायत सहरका ५० वर्ष पुराना तस्बिर छन् । विदेशीले खिचेका तस्बिर हिमालयन बैंकलाई पोखराका सुनील उलकले उपलब्ध गराएका हुन् । बैंकले गत वर्ष राणाकालीन दरबारका पुराना फोटो राखेर क्यालेन्डर निकालेको थियो । त्यसलाई नाम दिएको थियो, दरबारका कथाहरू ।

हिमालयन बैंकले पुराना तस्बिर राखेर क्यालेन्डर प्रकाशन गर्न थालेको १५ वर्ष पुगिसकेको छ । कहिले मन्दिर, कहिले दरबार त कहिले सहरलाई विषय बनाएर पुराना फोटो प्रकाशन गर्ने गरेको छ । ०६९ सालमा चर्चित मन्दिरका पुराना तस्बिर राखिएको थियो । ०७४ मा पनि दरबार र मठमन्दिर राखिएको थियो । ०७३ मा पुराना प्रशासकीय अड्डाहरू समेटिएको थियो ।

बैंकको न्युरोड ब्रान्च पुराना तस्बिरले सजाउने क्रममा क्यालेन्डर प्रकाशनको सोचाइ आएको प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक राणाले बताए । आफूहरूले फोटोको स्वामित्व पूर्ण रूपमा किनेर मात्र क्यालेन्डरमा राख्ने गरेको राणा बताउँछन् । यसपटक नयाँ पुस्तालाई सहरको पुरानो कथा देखाउने गरी ‘थिम’ बनाएको उनको भनाइ छ ।

हिमालयन बैंकको क्यालेन्डरबारे धेरैले चासो राख्छन् । ‘धेरैले क्यालेन्डर माग्छन्, तर सबैलाई पुर्‍याउन सकिँदैन,’ बैंकका कार्यकारी प्रशासकीय अधिकृत ज्ञानेन्द्र श्रेष्ठ भन्छन्, ‘कतिले त वर्ष सकिएपछि भए पनि देऊ भन्छन् ।’ बैंकले यो वर्ष भित्ते र टेबल क्यालेन्डर गरी करिब ४० हजार प्रति छापेको छ ।

उसो त पुराना तस्बिर पाउनै कठिन छ । किन्न महँगो पर्छ । पुराना तस्बिरको संग्रह बालकृष्ण समको परिवार, चित्रकार परिवार र विदेशी फोटोग्राफरहरूसँग छ । सिइओ अशोक भन्छन्, ‘बालकृष्ण समका नाति जीवन शमशेर फोटोका निकै सौखिन थिए, उनको परिवारसँग थुप्रै पुराना फोटो र रिलको कलेक्सन छ ।’

यो वर्षको क्यालेन्डरको पनि माग धेरै छ । उवेलाको न्युरोडमा विशालबजार खुलिसकेको थिएन । अहिले देखिने क्यामेरा, चस्मा, मोबाइल, सुनचाँदी पसल तस्बिरमा देखिँदैनन् । यो तस्बिर चल्र्स हन्टलेले ०२३ सालमा खिचेका हुन् ।

पाँच दशकअघि पोखराको महेन्द्रपुल बजार कस्तो थियो ? अहिले त्यहाँ ठूल्ठूला महल ठडिएका छन् । मान्छे र गाडीको भिडभाड हुन्छ । विदेशी फोटोग्राफर डग र नान्सी हचले ०२५ सालमा खिचेको पुरानो तस्बिरले ५० वर्षअघिको महेन्द्रपुल देखाउँछ । त्यसताका महेन्द्रपुलमा ठूला महल थिएनन् । एकाध छाप्रे पसल देखिन्छन् । छिटपुट मान्छे छन् । पृष्ठभूमिमा माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरि हिमाल हाँसिरहेका छन् । अहिले हिमाल हिउँदमा पनि काला देखिन्छन् । त्यो समय हिमाल पूरै हिउँले ढाकिने रहेछ ।

बनेपाको तस्बिर ०३१ सालमा पिटर भन मर्टिन्सले खिचेका थिए । तस्बिरमा अरनिको राजमार्ग खेतको बीचमा देखिन्छ । बनेपा बजार राजमार्गतिर फैलिएको छैन । बनेपा बजार राजमार्गभन्दा अलि पर गुजुप्प परेर बसेको देखिन्छ । राजमार्ग सुनसान छ । गाडी देखिँदैनन् । खेतीयोग्य जमिन प्रशस्तै छ । जहाँ अहिले भवन ठडिएका छन् ।

क्यालेन्डरमा विराटनगरको पाँच दशकअघिको पेट्रोलपम्प देखिन्छ । पम्पमा जिपहरू छन् । रिक्साले यात्रु कुरिरहेका छन् । न त गाडीको भीड, न मान्छेकै । गाडी चढ्न यात्रुहरू तछाडमछाड गरेको पनि देखिँदैन । नेपालमा औद्योगिक व्यावसायिक जग बसाल्ने विराटनगर सहरमा धेरथोर चहलपहल देखिन्छ । यो तस्बिर टिम मेकरले ०२५ सालमा खिचेका हुन् ।

पाल्पा दरबारवरिपरि घरहरू छन् । घरहरू गुजुप्प देखिन्छन् । टिन, ढुंगा र खरले छाएका घरहरूले गाउँ सम्पन्न देखिन्छ । एउटा छेउमा विद्यालय पनि देखिन्छ । बिल लेम्बेथले ०२२ सालमा तानसेनको तस्बिर खिचेका थिए, जहाँ आधुनिक तानसेन सहर होइन, मनमोहक गाउँ देखिन्छ ।

झन्डै ६ दशकअघिको धनकुटा बजार सुनसान छ । सडक ढुंगाले छापेको छ । घरहरू गुजुप्प छन् । एउटा ठिटो फोटो खिच्ने क्यामेरातर्फ हेरिरहेको छ । पसलमा मान्छे देखिन्छन् । केही घरका छानो पुरानो भएर खसेको छ । केही घर महलजस्तै देखिन्छन् । ०१७ तिरै धनकुटा बजार सम्भ्रान्त थियो । उतिवेला विदेशी जिम स्कटले धनकुटा बजार क्यामेरामा कैद गरेका थिए । अहिले बजारको स्वरूप फेरिइसकेको छ ।

कोसी ब्यारेज निर्माणको समय । ब्यारेज निर्माणका लागि निर्माण सामग्री ओसारपसार गर्न धरानसम्म मालबाहक रेल कुद्थ्यो । अहिले धरानमा रेल त कुद्दैन, पुरानो लिक देख्न पाइन्छ । तस्बिरमा टनाटन भरिएको रेल कुदिरहेको देखिन्छ । केही कामदार र यात्रु रेलको डिब्बामा चढिसकेका छन् । केही यात्रु रेल चढ्दै छन् । तस्बिर खिचेको देखेरै होला, सबैको अनुहार हँसिलो देखिन्छ । असपासमा कुनै घर देखिन्न । यो ऐतिहासिक तस्बिर बब वाचमनले ०२३ सालमा खिचेका हुन् ।

हेटौँडामा सडकको छेउमा दुईवटा ट्रक रोकिएका छन् । एउटा ट्रक कुदिरहेको छ । सहरकै बीचमा चौतारो छ । चौतारोमा मान्छे सुस्ताइरहेका छन् । मान्छेहरू हतारहतारमा देखिन्छन् । सहरमा आधुनिक भवन होइन, पुराना टायलले छाएका घरहरू देखिन्छन् । बजारमा धेरथोर चहलपहल देखिन्छ । डेभ हलले ०२३ सालमा खिचेको तस्बिरले पुरानो झझल्को दिन्छ । हेटौँडा पहिलेदेखि नै काठमाडौं आउने प्रवेशद्वार थियो । तस्बिरमा देखिएको सडक अहिले पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग बनेको छ ।

अहिले भिडभाड हुने जनकपुरको धनुषा सागर ०२४ सालतिर निकै शान्त देखिन्छ । मान्छेको भीड देखिन्न । ठूल्ठूला भवन पनि देखिन्नन् । सडकमा दुईजना छाता ओढेर बसिरहेका छन् । सायद व्यापार गर्दै छन् । हात्तीले घाँस बोकेर गन्तव्यतिर लागिरहेको छ । एउटा युवा छेउमा बसेर ताल हेरिरहेको छ । त्यसताका देखिने तालछेउका भवन अहिले पनि देख्न पाइन्छ ।

नारायणी नदी बगिरहेको छ । तर, नदीमाथि पुल बनिसकेको छैन । भर्खर महेन्द्र राजमार्गको रूपरेखा कोरिँदै छ । बाटोको छेउमा कुनै घर छैन । नारायगढको पुलचोकबाट काठमाडौंतिर आउने बाटोमा बजार देखिन्छ । तर, खास चहलपहल देखिँदैन । महेन्द्र राजमार्गआसपास खेतैखेत देख्न सकिन्छ, बाटोको धर्सो मात्र देखिन्छ । अहिले नारायणगढको पुल्चोक मुलुककै व्यस्त ठाउँमा गनिन्छ ।

विराटनगरको विमानस्थल बसपार्कजस्तो देखिन्छ । तत्कालीन रोयल नेपाल एयरलाइन्सको विमान रोकिएको छ । भिडले जहाज घेरिएको छ । यस्तो लाग्छ, कलंकीमा बस चढ्नझैँ जहाज चढ्नलाई पनि तँछाडमछाड हुँदै छ । ब्राइन कुकले ०२२ सालमा खिचेको विराटनगरको पुरानो विमानस्थलले नेपाली वायुसेवाको तत्कालीन अवस्था झल्काउँछ । अहिले विराटनगर विमानस्थल मुलुककै व्यस्त आन्तरिक विमानस्थलमध्येमा पर्छ ।

चीन सरकारको सहयोगमा सञ्चालित ट्रलीबसको अहिले अवशेष पनि बाँकी छैन । तर, कुनै समय यही ट्रलीबस राजधानीका बासिन्दाको गतिलो यातायात साधन थियो । रिच फाउले ०३४ सालमा भक्तपुर सूर्य विनायक क्षेत्रमा ट्रलीबस कुदेको फोटो खिचेका छन् । ट्रलीबसको छेउमा एउटा बच्चा खेलिरहेको छ । केही युवा ट्रलीबसको छेउमा उभिएर कुराकानी गरिरहेका छन् । कति ट्रलीबस चढ्दै छन् । बस चढ्न तँछाडमछाड देखिँदैन । पृष्ठभूमिमा डाँडो देखिन्छ, एकाध साना घर मात्र देखिन्छन् । जमिन पूरै खाली छ । अहिले यो ठाउँ घरले भरिएको छ । र, सडक पनि व्यस्त छ ।

आजको नयाँ पत्रिकामा खबर छ ।

देशका विभिन्न स्थानमा २७ नयाँ सहर :१३ स्मार्ट सिटी र ५ हिमाली सहर बनाउने तयारी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
क्यालेन्डरमा उसवेलाका सहर : नयाँ सडकमा हात्ती, धरानमा रेल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

फेसबुक

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!