क्वारेन्टाइन निरीक्षण गर्दागर्दै मृत्यु भयो वडाध्यक्षको

27 May, 2020 12:03 | जन सरोकार | comments | 37050 Views

कोरोना संक्रमण फैलन नदिन भारतबाट आएकाहरुलाई सुरक्षित राख्न व्यवस्था गरिएको क्वारेन्टाइन निरीक्षण गर्दा गर्दै एक वडाध्यक्षको मृत्यु भएको छ । समाचार अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ का वडाध्यक्ष कल्लु रानाको मंगलबार राति निरीक्षण गर्ने क्रममा क्वारेन्टिन स्थलमै मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले क्वारेन्टाइन व्यवस्थापनमा सक्रिय रहेका ले मृतकको कोरोना परीक्षण गर्न स्वाब झिकिएको रनतिजा आएपछि मात्र शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने टुंगो लाग्ने बताउनुभयो ।

कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालका अनुसार मृतक वडाध्यक राति खाना खाएर नयाँ बनाइएको क्वारेन्टिन हेर्न निस्किएका र कुर्सीमा बसेर मोबाइल चलाइरहका बेला एक्कासी ढलेपछि अस्पताला पुर्याइएको थियो ।

  

पछिल्लो समय क्वारेन्टाइन व्यवस्थापनमा निकै सक्रिय ५८ वर्षीय ती वडाध्यक्षको मृत्युको कारण हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान मेयर हमालका छ । मृतक वडाध्यक्ष दिनभर आफ्नो कार्यकक्षमा रहेको तर पिसिआर परीक्षणको नतिजा नआइ केही भन्न नमिल्नेन बताउनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पहिरो

फेसबुक

पहिरो

ट्वीटर

सामाजिक सञ्जाल

More