क्षणभरमै ज्यान लिने चट्याङ- अलिकति सचेत भए बच्छ ज्यान

18 April, 2019 20:16 | जल/वातावरण/स्वास्थ्य | comments | 85200 Views

केही समययता नेपाल लगायत अन्य देशहरुमा हावा, हुरी, चट्याङ सहितको वर्षाले ठूलो जनधनको क्षति गरिररहेको छ । नेपालमा आएको आँधीपछिका केही दिनमा विभिन्न स्थानमा परेका चट्याङले कैयौंको ज्यान गैसकेको छ ।

मौसममा एकाएक आउने बदलीका कारण नसोचेको विपत्तिको सामना गर्नु परिरहेको अहिलेको समयमा चट्याङबाट दैनिकजसो मानिसको ज्यान जान थालेको छ । यस्तोमा राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले चट्याङबाट बच्ने उपायहरु सार्वजनिक गरेको छ ।

केन्द्रका अनुसार चट्याङ पर्न थालेपछि पौडी खेल्ने, माछा मार्ने, र्‍याफ्टिङ गर्ने, खुल्ला मैदान र भिडभाडमा नबस्ने तथा फुटबल क्रिकेट, गल्फ जस्ता खेलहरु तुरुन्त बन्द गरे क्षति कम गर्न सकिने केन्द्रको भनाई छ ।

  

भारतमा चट्याङसहितको हावाहुरी ३१ जनाको मृत्यु

यस्तै घरभित्र हुँदा पनि तारसहितको टेलिफोटन प्रयोग नगर्ने, यदि अत्यावश्यक अवस्थामा प्रयोग गर्नै पर्ने भए मोबाइल वा कर्डलेस फोन मात्र प्रयोग गर्न केन्द्रको सुझाव छ ।

केन्द्रका अनुसार टिभी, कम्युटर, फ्रिज जस्ता विद्युतीय सामाग्रीहरु प्रयोग गरेपछि बन्द गरेर विद्युत प्लगबाट छुटाएर राखे राख्दा चट्याङबाट हुने क्षति कम हुन्छ । त्यसै गरी धारामा नुहाउने, लुगा धुने, भाँडा माझ्ने आदि काम नगर्ने । नुहानै परे बाल्टिनको पानीले नुहाउने वा धुने काम गर्न पनि उसले सुझाव दिएको छ ।

यो त भयो घरभित्रको कुरा अब घर बाहिर रहेको अवस्थामा जङ्गलमा हुँदा स–अग्लो रु्खको ओत नलाग्ने, साना रुखका बीचमा बस्ने, पक्की घर वा गाडी नजिक भए झ्याल ढोका बन्द गरेर घर वा गाडीभित्र बस्ने, नजिकै हाई भोल्टेजको तार भएमा तारको मुनी नभई दुई खम्बाको बीचमा ओत लागेर बस्नु पर्दछ ।

त्यसै गरी केही गरी खुल्ला मैदानमा भएका बेला चट्याङ पर्न थाले दुई घुँडाको बीचमा टाउको लुकाएर टुक्रुक्क बस्नु पर्दछ ।

चट्याङबाट तीन जनाको मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More