खनाल र रावलको एउटै स्वर- माथिल्लो कर्णाली सम्झौता राष्ट्रहित विपरित

20 August, 2019 00:56 |राजनीति | comments | 13050 Views

    सत्तारुढ नेकपाका वरिष्ठ नेता तथाा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेता भीम रावलले टाट पल्टिएको भारतीय कम्पनी जिएमआरलाई माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको निर्माणको जिम्मेवारी दिएर राष्ट्रहित विपरित सम्झौता गरेको आरोप लगाउनुभएको छ ।

    सोमबार पुष्पलाल मित्रता केन्द्रले सोमबार राजधानीमा गरेको माथिल्लो कर्णाली र बुढीगण्डकी परियोजनामा राष्ट्रहितको संरक्षण सम्बन्धी बहसमा बोल्दै वरिष्ठ नेता खनालले राष्ट्रियतालाई कमजोर पार्ने कुनै पनि योजना समर्थन गर्न नसकिने भन्दै माथिल्लो कर्णाली जलविद्युत् परियोजनाका बारेमा उठेका सम्पुर्ण प्रश्नको सरकारले जवाफ दिनुपर्ने बताउनुभयो ।

    adsads

    उहाँले सानालाई कारवाही र ठुला तथा विदेशी कम्पनीलाई छुट दिने विषय आफुहरुलाई स्वीकार्य नहुने भन्दै यससम्बन्धमा सरकार हुनुपर्ने धारणा राख्नुभयो ।

    त्यस्तै नेकपा नेता भीम रावलले जिएमआरले नेपाललाई जुनसुकै जरिवाना गराउन सक्ने गरी राज्य तल परेर निर्माण सम्झौता गरिएको दाबी गर्नुभयो ।

    कार्यक्रममा देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले जिएमआरलाई म्याद थप गरियो भने त्यसविरुद्ध नेपाली जनता आन्दोलनमा उत्रने चेतावनी दिंदै राष्ट्रिय स्वाधिनतामाथि खेलवाड गर्ने काम नगर्न सरकारलाई सचेत गराउनुभयो ।

    वर्तमान सरकारले कम्युनिष्ट शब्दलाई नै बदनाम गर्ने काम गरेको आरोप लगाउँदै गजुरेलले सरकारमा रहेका नेताहरबाट राजनीतिक समस्या समाधान भयो भन्ने अभिव्यक्ति आएकोमा आपत्ति जनाउदै उहाँले राजनीतिक परिर्वतनका लागि अझै अर्को आन्दोलन र क्रान्ति आवश्यक रहेको दाबी गर्नुभयो ।

    कार्यक्रममा माथिल्लो कर्णाली बचाऔ राष्ट्रिय अभियानका अध्यक्ष भरत बहादुर शाहीले माथिल्लो कर्णाली परियोजना निर्माणको जिम्मा जिएमआरलाई दिनु नेपाल र नेपालीका लागि दुर्भाग्य र राष्ट्रघात भएको बताउनुभयो ।

    माथिल्लो कर्णाली सम्झौता र गोर्खा भर्ती खारेज गर्न नेता रावलको माग

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    ड्रोन आक्रमणबाट साउदी अरबको तेल प्रशोधन केन्द्रमा आगलागी

    फेसबुक

    ड्रोन आक्रमणबाट साउदी अरबको तेल प्रशोधन केन्द्रमा आगलागी

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!