खाली पेटमा किन खानु हुँदैन लिची ? त्यसै भनेका हैनन् रै’छ पुर्खाले “भोक लाग्दा लिचीबारीमा नजानु”

15 June, 2019 20:53 | जल/वातावरण/स्वास्थ्य | comments | 118800 Views

हाम्रो पुर्खाले के गर्नु हुन्छ र के गर्नु हुँदैन भनेर सबै कुरा सिकाएर गएको छ तापनि आजभोलि त्यसलाई पुरानो सोच माने पनि भारतको बिहारमा घटेको एक घटनापछि भने पुर्खाको भनाई अझ अध्यात्मिक भनाई कति सही रहेछ भन्ने पुष्टि भएको छ ।

भारतको बिहारका केही ग्रामीण क्षेत्रमा खाली पेटमा लिची खाएर ४ दर्जन बढी बालबालिकाको मृत्यु भएपछि यसबारे व्यापक खोज सुरु भएको छ ।

adsads

खासमा आयुर्वेदले भन्ने गरेको तथ्य के हो भने भोक लाग्दा लिचीबारीमा नजानु । कारण खाली पेटमा लिची खाए यसबाट पाइने रसायनले मस्तिष्क घात नै गर्नसक्छ ।

लिचीको यो अवगुण बुझेरै हाम्रो आयुर्वेदले किसानलाई लिची बारीमा भोक लाग्दा नजानु भन्छ । खाना खाइवरी मात्र जानु भन्छ ।

लिची खाएर ४७ जना बालबालिकाको मृत्यु भएको खबर सार्वजनिक भएपछि अहिले विश्वभरका वैज्ञानिकहरुका लागि नयाँ चुनौति थपिएको छ । लिचीमा जुन रसायन हुन्छ त्यसकै कारण भारतमा ती बालबालिकाको मृत्यु भएको हो वा संयोग मात्र भन्ने पनि बहसको विषय छ ।

केही सातायता भारतको बिहारमा लिची खाएर ४७ जना बालबालिकाको मृत्यु भएको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएपछि कतिले यसलाई पत्याएनन् भने कतिले लिची खानु हुन्न भन्न थाले ।

वास्तविकता के हो भने लिचीमा हुने एक गुलियोले गर्दा भारतमा ती बालबालिकाको मृत्यु भएको हो र मृत्यु हुने अधिकांश गरीब परिवारका थिए । लिची खाएर उनीहरु कसरी मरे त ? यो भने हामी सबैले जान्नैपर्ने विषय छ ।

गरीब परिवारका बालबालिका कुपोषणका शिकार बनेका हुन्छन् र गर्मीयाममा समयमा लामो समयसम्म भोकै रहँदा उनीहरूको रगतमा चिनीको मात्रा कमी हुन जान्छ । शरीरमा पानीको मात्र पनि कम हुन्छ । यसरी रगतमा चिनीको मात्रा कम भएको बेला लिची खाँदा त्यसले तुरुन्तै असर गर्छ ।

क्यानाडामा कार्यरत नेपाली खाद्य वैज्ञानिक नारायण घिमिरेले सेतापाटीमा लेखेको विवरण अनुसार भोको पेटमा जब बच्चाले लिच्ची खान्छ शरीरले लिचीमा हुने गुलियो छिटो छिटो तन्तुमा लान खोज्छ । यो गुलियोलाई तन्तुमा पुर्याउने काम क्यारनिटिन नामक एमिनो एसिडले गर्दछ ।

लिचीमा पाइने मिथाइलिन साइक्लो प्रोपायल ग्लाइसिन (एमसीपीजी) र मिथाइलिन साइक्लो प्रोपायल एसिटिक एसिड (एमसीपीएसी) क्याटरिनसँग टाँसिएर बस्छ । त्यसले क्याटरिनलाई तन्तुसम्म ग्लुकोज पुर्याउने काममा अवरोध पुर्याउँछ ।

त्यो अवरोध चिर्न र ग्लुकोज तन्तुमा पुर्याउन शरीरले बचेकुचेको शक्ति त्यसैमा खर्च गर्छ । त्यसले रगतमा ग्लुकोजको झनै कमी गराइदिन्छ ।

हाम्रो शरीरमा सबभन्दा भोको अंग भनेको मस्तिष्क हो । जब हाम्रो दिमागमा ग्लुकोजको आपूर्ति १० मिनेट मात्र रोकिन्छ त्यसले स्थायी रूपमै दिमागलाई भत्काइदिन्छ । त्यसलाई परमानेन्ट ब्रेन ड्यामेज भनिन्छ ।

जब लिचीमा हुने एमसीपीज र एमसीपीएसीले क्यारनिटिनसँग टाँसिएर दिमागमा ग्लुकोजको आपूर्ति कमी गरिदिन्छ बालबच्चा बेहोस हुन्छन् । दिमागमा ग्लुकोज आपूर्ति बन्द नै हुन थाल्यो भने ब्रेन ड्यामेज हुन खोज्छ । त्यस्तो बेला बच्चा कोमामा जान्छ । ग्लुकोज आपूर्ति लामो समयसम्म रोकियो भने केटाकेटीको ज्यानै जान्छ ।

यही गर्मी याममा भारतको मुजफ्फरपूरदेखि भेलोरसम्मका शहरमा लिची खाएर बालबालिकाको मृत्यु भएको हो ।

सावधान ! बालबालिकालाई धेरै लिची खान नदिनु मृत्यु नै हुनसक्छ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

राजकिशोर यादव

फेसबुक

राजकिशोर यादव

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!