अप्टिकल फाइबर अप्टिकल फाइबर

  • अप्टिकल फाइबर
  • अप्टिकल फाइबर
  • अप्टिकल फाइबर
  • अप्टिकल फाइबर
  • अप्टिकल फाइबर
  • अप्टिकल फाइबर

खुर्कोटमा अप्टिकल फाइबरको शिलान्यास

21 May, 2019 00:00 | सूचना/प्रविधि | comments | 23700 Views

सिन्धुलीको खुर्काेटबाट मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको सोमबार शिलान्यास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङको गल्छीमा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गरेपछि सिन्धुलीसहित तीनवटै स्थानबाट एकैसाथ शिलान्यास भएको हो ।

adsads

अप्टिकल फाइबर विस्तारले नेपाल टेलिकमको सेवा विस्तारसँगै टेलिफोन गर्न, इन्टरनेट चलाउन र आइटी टेलिभिजन हेर्ने सुविधा विस्तार हुने उहाँको भनाइ रहेको छ । मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने गरी नेपाल टेलिकमले उक्त योजना शुरु गरेको हो । उहाँले अप्टिकल फाइबर विस्तारको बोलपत्र भई सकेकाले यो योजना दुई वर्षभित्र पूरा हुने जानकारी दिनुभयो ।

अप्टिकल फाइबर बिछ्याएपछि मध्यपहाडी लोकमार्ग, पूर्वपश्चिम राजमार्ग र सहायक मार्गमा उच्च गतिको इन्टरनेट सेवा पुग्ने उहाँको भनाइ रहेको छ । यस आर्थिक वर्षको अन्त्यसम्ममा सिन्धुलीको खुर्काेटमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

अर्को आवमा सिन्धुली जिल्लाका धेरै भू–भागमा अप्टिकल फाइवर नेटवर्कको विस्तार गर्न सर्वेको काम भइरहको उहाँले बताउनुभयो । यसबाट सेवाग्राहीहरुले तोकेको भ्वाइस, इन्टरनेट तथा आइपी टिभी हेर्न सक्ने गरी सेवा विस्तार गर्ने उहाँको भनाइ रहेको छ ।

नेपाल टेलिकमको ५७  जिल्लामा अप्टिकल फाइबर नेटवर्क

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
अप्टिकल फाइबर

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

हचुवामा थपिँदै शिक्षक, वार्षिक डेढ अर्ब व्ययभार

फेसबुक

हचुवामा थपिँदै शिक्षक, वार्षिक डेढ अर्ब व्ययभार

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!