खुलामञ्चका सटर भत्काइएपछि सटर बनाउनेबाट क्षतिपूर्ति दिलाउन माग

27 April, 2019 23:26 | जन सरोकार | comments | 17850 Views

माफियाको चंगुलमा परेको काठमाडौंको खुलामञ्चमा बनेका सटरहरु शनिबार भत्काइएपछि ती सटर भाडामा लिएर व्यवसाय गरिरहेकाहरु क्षतिपूर्ति कसले दिने भन्दै आक्रोशित भएका छन् ।

सामान्य व्यापार गरी गुजारा चलाउनेहरु भूमाफियाको चंगुलको शिकार भएका छन् ।

adsads
यति मात्र हैन उनीहरुका सामान पनि नष्ट भएको छ ।

महानगरले अब सटर बनाएर भाडामा लगाउनेसंगै व्यवसायीहरुलाई क्षतिपूर्ति दिलाइदिनुपर्ने आवाज उठेको छ । ठेकेदार मिलेमतोमा सटर बनाएर भाडामा लगाएको सार्वजनिक भएपछि प्रधानमन्त्री केपी ओलीको निर्देशनमा सटर भन्काइएको हो ।

खुलामञ्च अतिक्रमणविरूद्ध स्थानीय विभिन्न संघ संस्थाले दबाब दिँदै आएका थिए । शुक्रबार मात्रै कामपाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चमा अनुमतिबिना बनेका सटर खाली गराउने प्रतिबद्धता जनाउनुभएको थियो ।

सटर भत्काइएपछि जनताको आवाज मत्थर भयो तर त्यस विषयमा खुलामञ्चमा जे देखियो त्यसले भने अनेक आशंका जन्माएको छ । शनिबार खुलामञ्चमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीको विवाद पनि छताछल्ल भयो । प्रधानमन्त्रीको निर्देशनमा मेयर शाक्यको उपस्थीतिमा अतिक्रमण गरिबनाइएका सटर डोजर लगाएर भत्काएपछि उपमयेर हरिप्रभा खड्गी त्यहाँ पुग्नुभयो ।

मेयरको टोली अतिक्रमण गरेर बनाएका सटर भत्काएपछि उपमेयर खड्गी भत्काएका सटर धनीलाई सहानुभूति दिने उद्देश्यले आफू अनुगमन समिति संयोजक भए पनि जानकारी नदिइ भत्काएको भन्दै व्यवसायीका साहानुभूति लिन यो स्थानमा पुगे पनि उहाँले व्यापारीको चर्को नारावाजीको सामना गर्नुपर्यो ।

मिडिया र व्यापारीको बीच घेरिएकी उपमेयरले मेयर शाक्इले आफूसंग समन्वय नै नगरी सटर भत्काएको भन्दै असन्तुष्टि पोख्दै गर्दा भत्काएका सटर धनी आक्रोशित भए ।

आफूलाई समय नै नदिई सटर भत्काएको उनीहरु विरोधमा उत्रिएका थिए। उनीहरु नाराबाजी गर्न थाले । उनीहरुले महानगर, सरकारदेखि पत्रकारसम्मको विरोध गरे । सुरुमा क्षतिपूर्तिको माग गर्दै गरेका उपमेयरमाथि जाइ लागे दुईजना व्यवसायी प्रहरीले नियन्त्रणमा लियो ।खुलामञ्चको अतिक्रमण गरी ५२ सट बनाइएको थियो ।

खुलामञ्च प्रकरण : सम्झौतामै किर्ते, दलकै आडमा अतिक्रमण

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

फेसबुक

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!