खुलामञ्चस्थित अस्थायी बसपार्कमा अवैध सटर खुलामञ्चस्थित अस्थायी बसपार्कमा अवैध सटर

  • खुलामञ्चस्थित अस्थायी बसपार्कमा अवैध सटर
  • खुलामञ्चस्थित अस्थायी बसपार्कमा अवैध सटर
  • खुलामञ्चस्थित अस्थायी बसपार्कमा अवैध सटर
  • खुलामञ्चस्थित अस्थायी बसपार्कमा अवैध सटर
  • खुलामञ्चस्थित अस्थायी बसपार्कमा अवैध सटर

खुलामञ्चस्थित अस्थायी बसपार्कमा अवैध सटर : ठेकेदारले उठायो १५ लाखसम्म सलामी

15 April, 2019 12:05 | पत्रपत्रिका | comments | 18150 Views

खुलामञ्चस्थित अस्थायी बसपार्कमा अवैध सटर

खुलामञ्चस्थित अस्थायी बसपार्कका दुई छेउमा अवैध रूपमा सटर बनाएर ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले व्यापारीसँग १५ लाखसम्म सलामी रकमसमेत उठाएको छ । सलामी रकम नबुझाउने व्यापारीलाई बसपार्क प्रवेशमै रोक लगाएको छ ।

सटर प्रयोग गरेबापत ८ देखि १५ लाखसम्म सलामी रकम उठाएको र रकम नदिने व्यापारीलाई बिल्डर्सले बसपार्कभित्र प्रवेश निधेष गरेको बसपार्कस्थित स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष हरिप्रसाद पाण्डेले बताए । बसपार्कभित्रका नाङ्लो व्यापारीसँग भने प्रतिनाङ्लो ५० हजार रुपैयाँ उठाउने गरेको छ । सलामी रकम सुरुमा ठाउँ लिएबापतको मात्रै हो । भाडाबापत हरेक महिना छुट्टै रकम बुझाउनुपर्छ ।

  

‘दैनिक रोजीरोटीका लागि व्यापारको विकल्प छैन । वर्षौँदेखि बसपार्कमै व्यापार गर्दै आएका हौँ । पुरानो बसपार्कमा हुँदा महानगरपालिकालाई भाडा दिन्थ्यौँ । बसपार्क खुलामञ्चमा सरेपछि व्यापार चौपट भयो,’ अध्यक्ष पाण्डेले भने, ‘बसपार्कको पेटीमा सानोतिनो कारोबार गर्दैै आएका थियौं । अहिले बिल्डर्सका कर्मचारी आएर हामीलाई निकाले ।

व्यापार गर्न सलामी रकम ८ देखि १५ लाख रुपैयाँ माग्दै आएका छन् । नाङ्लो व्यापारीसँग पनि सलामी रकम मागेको छ । कतिपयले रकम दिइसकेका छन् । रकम नदिनेलाई बसपार्कभित्र छिर्नै रोकेको छ । दुवैतर्फ गेटमा गार्ड नै राखेको छ ।’जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका सञ्चालक मनोज भेटवालले भने यस विषयमा बोल्न चाहेनन् । नयाँ पत्रिकाले टोलिफोन सम्पर्क गरेर प्रतिक्रिया माग्दा उनी पछि बोल्ने भन्दै पन्छिए र मोबाइल अफ गरे ।

भाडामा लगाउनकै लागि बिल्डर्सले बसपार्कस्थित खाली जग्गामा धमाधम सर्टर निर्माण गरिरहेको छ । कतिपय सटर निर्माण गरिसकेको छ । बसपार्कको दुवै किनारामा गरी ४० भन्दा धेरै सटर निर्माण गर्दै छ । रकम बुझाउनेले सटर डेकुरेसनसमेत थालिसकेको पाण्डेले बताए । बसमापार्कमा साना ठूला गरी दुई सयभन्दा धेरै व्यापारी आश्रित छन् ।

बिल्डर्सले बसपार्कसँगै जोडिएको गुठीको करिब एक रोपनी जग्गामा पनि अवैध रूपमा भाडामा लगाएको स्थानीय व्यापारी कुमार दाहालले बताए । यो जग्गामा २८ भन्दा धेरै व्यापारीले ठाउँ लिएका छन्, प्रत्येकले सात लाख सलामी रकम बुझाएका छन् । उनीहरूले भाडाबापत प्रतिमहिना १० देखि १५ हजार बुझाउँदै आएका छन् ।

को हो जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स ?
जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स त्यही कम्पनी हो जसले पुरानो बसपार्कमा ‘भ्यु टावर’ बनाउने भन्दै चार वर्षदेखि जग्गा ओगटेर राखेको छ । भ्यु टावर निर्माण गर्न बिल्डर्सले महानगरपालिकासँग २२ फागुन ०७१ मा सम्झौता गरेको थियो ।

निर्माणको कार्यादेश भने उसले ०७२ को फागुनमा पाएको थियो । त्यसलगत्तै बिल्डर्सले बसपार्क हटाएर खुलामञ्चमा सार्यो। बसपार्कलाई चारैतिरबाट जस्तापाताले घे-यो । निर्माणका लागि केही उपकरण र गिटी, बालुवा पनि जम्मा ग-यो । तर, जग खन्ने काम भने अझै गर्न सकेको छैन । सम्झौताअनुसार उसले पाँच वर्षभित्र भ्यु टावर निर्माण गरिसक्नुपर्नेछ । कामको गति हेर्दा अहिलेसम्म एक प्रतिशत काम पनि भएको छैन ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘भ्यु टावर निर्माणको काम एक प्रतिशत पनि प्रगति भएको देखिँदैन । अनुगमनका लागि हामीले छुट्टै कमिटी बनाउने भएका छौँ । उसको प्रतिवेदनका आधारमा कारबाही गर्ने या के गर्ने भन्ने विषय टुंगो लाग्नेछ ।’

भ्यु टावरमा सेयरको आस देखाएर पनि असुल
जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले तत्कालीन पुरानो बसपार्कमा बनाउन लागिएको भ्यु टावरको सेयरदेखि सटर दिने प्रलोभन देखाएरसमेत दुई सयभन्दा बढी सडक व्यापारीसँग एक–एक लाखका दरले रकम उठाएको छ । तर, रकम दिएको प्रमाण नभएपछि सबै व्यापारी चुपचाप छन् । बसपार्कस्थित स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष हरिप्रसाद पाण्डेले भने, ‘हामीलाई भ्यु टावरमा सेयर दिन्छु भन्यो । सटर पनि दिन्छु भन्यो । सबैसँग दुई वर्षअघि नै एक–एक लाख रुपैयाँ उठायो । तर, अहिले थाहा भयो, उसले हामीलाई ठगेको रहेछ ।’

अटेर गरे महानगरले
सबै सटर भत्काउँछ :ईश्वरमान डंगोल प्रवक्ता, कामपा
जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले बसपार्कभित्र सटर बनाउँदै गरेको र सडक व्यापारीलाई भाडामा दिनुअघि सलामी रकम उठाएको सूचना आएपछि म आफैँ निरीक्षणमा पुगेँ । हामीलाई प्राप्त भएको सूचना सही रहेछ । उसलाई बसपार्कभित्र सटर बनाउन महानगरले कुनै अनुमति दिएको छैन । हामीले तत्काल यो काम रोक्न भनेका छौँ । अटेर गरे महानगरपालिकाले सबै सटर भत्काउँछ ।

आजको नयाँ पत्रिकामा खबर छ ।

खुलामञ्चको बसपार्कमा दुर्घटनाको त्रास, व्यवस्थित बनाउन पहल भएन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
खुलामञ्चस्थित अस्थायी बसपार्कमा अवैध सटर

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More