“खेलकूदले अनुशासन सिकाउँछ त्यो अनुशासन राजनीतिमा काम लाग्छ”

19 April, 2019 15:22 | अन्तरवार्ता | comments | 75150 Views

नेपाल वादोकाइ कराँते संघका केन्द्रीय सचिव, नेपाल कराँते महासंघका रेफ्री, जापान कराँते महासंघका सदस्य आइतमान तामाङ्ग (जिवि)को एउटा परिचय हो र त्यस्तै उनको अर्को पाटो छ राजनीतिको ।

तामाङ्ग नेपाली कांग्रेस सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय सभापति हुन् भने के.बि.एण्ड स्याङ्बो कन्स्ट्रक्सन प्रा.लि.का अध्यक्ष समेत रहेका छन् ।

adsads

यिनै तामाङ्गसँग समसामयिक राजनीति र नेपालको खेलबारे नेपाल–जापान डट कमका लागि सूर्यप्रसाद कोइरालाले गरेको कुराकानी प्रस्तुत छ–

० तपाईं नेपाल वादोकाइ कराँतेको खेलाडी, कसरी राजनीतिमा संलग्न हुनुभयो ?
म वादोकाइ कराँतेमा समावेश हुनुभन्दा अगाडि अर्थात् २०४६ सालको जनआन्दोलन पछाडि नेपाल विद्यार्थी संघको सदस्यता लिएर कांग्रेसको राजनीतिमा होमिएको हुँ । कराँते खेलमा भने २०४८ सालबाट संलग्न भएको हुँ । हालसम्म पनि खेल क्षेत्रमा निरन्तर लागिरहेको छु ।

० वादोकाइ कराँतेको केन्द्रीय सचिव र नेपाल कराँते महासंघको रेफ्री हुनुहुन्छ, खेल क्षेत्र र राजनीति क्षेत्र सँगै हिंडाउन कुनै असजिलो भएको छ कि ?
राजनीति र खेल क्षेत्र अलग अलग क्षेत्र हुन् । खेल क्षेत्रले मलाई अनुशासित हुन मद्दत पुर्याउँछ भने राजनीतिमा त्यो अनुशासनले राजनीतिलाई समेत मर्यादित बनाउन अभिप्रेरित गरिरहेको पाउँछु । त्यसकारण समयलाई व्यवस्थापन गर्दै दुवै क्षेत्रलाई अँगाल्दै अगाडि बढिरहेको छु ।

० म तपाईंलाई पुनः राजनीतितर्फ नै फर्काउन चाहन्छु, तपाईं मेलम्ची नगरपालिकाको मेयर पदमा चुनाव लड्नु भयो तर पराजित हुनुभयो, यसरी पराजित हुनुको कारण के थियो ?
स्थानीय तहको निर्वाचनमा पार्टीले मलाई विश्वास र भरोसासहित मेलम्ची नगरपालिकाको नगरप्रमुख जस्तो महत्वपूर्ण पदमा उम्मेदवार खडा गर्दै जनता सामु प्रस्तुत गर्यो । मेलम्ची नगरपालिकाका आम नगरवासीले विश्वास गरेर ७ हजार ३३ मत प्रदान गरे । मलाई चुनावमा सहयोग गरेकोमा आम मतदातालाई धन्यवाद दिँदै उपविजेता बनाएकोमा आभारी छु । पार्टीको संगठन मजवुत नहुँदा र सबै जनताको घरदैलोमा पुग्न नसक्नु पनि मेरो हारको अर्को कारण हो । अब आगामी दिनमा अघिल्ला कमजोरी हटाउँदै जनता नै जनार्दन हुन् भन्ने मान्यतालाई आत्मसात गर्दै जनताको सेवामा जुट्ने छु ।

० पार्टीको क्षेत्रीय सभापति हुनुहुन्छ, आफ्नै पार्टी संगठन कमजोर भएको मान्नु हुन्छ ?
विगतको तुलनामा अहिले पार्टी संगठन मजवुत छ । म चुनाव लड्दै गरेको सन्दर्भमा पार्टी संगठन अलि कमजोर थियो । त्यस अवस्थामा पनि मलाई प्राप्त मत चानचुने भने होइन । संगठन कमजोर छ भनेर म स्वीकार गर्न सक्दिन ।

० अन्तरघात भएर पराजित हुनुभएको हो त ?
पार्टीका जिम्मेवार नेता साथीहरू इमान्दारपूर्वक प्रचारप्रसारमा सामेल नहुँदा र निस्कृय रहँदा थोरै प्रभाव परेको हो, अन्तरघात नै भयो भनेर चाहिँ म कसैलाई पनि दोष दिन चाहन्न । तपाईं आपैm भन्नोस्, त्यत्रो मत मलाई प्राप्त भएको छ, कसरी अन्तरघात भयो भनेर मान्नु म ? त्यसै मतका आधारले हाम्रो निर्वाचन क्षेत्र नं. २(ख) मा सांसद निमा लामाज्यूले प्रदेश सभामा विजय प्राप्त गर्नुभएको छ ।

० जिल्लाको समग्र पार्टी संगठन चाहिँ कस्तो छ ?
विगतको तुलनामा जिल्लाको पार्टी संगठनले तेह्रौं महाधिवेशनपछि दोब्बरको सङ्ख्यामा फड्को मारेको छ । हिजोको तुलनामा आजको मत अन्तर तपाईं आपैmँ हेर्नुहोस् । त्यसको लागि निर्वाचन आयोगबाट तथ्याङ्क लिन पनि सक्नुहुन्छ । मैले भन्नु भन्दा पनि तपाईंहरू सबैका सामु निर्वाचन आयोगको तथ्याङ्क नै छर्लङ्ग छ ।

० तपाईं खेलको सन्दर्भमा थुप्रै पटक देश–विदेश पुग्नुभयो, कहाँ कहाँ जानुभयो ?
पहिलो कुरा त २०१० मा जापानको नागोयोमा वादोकाइ कराँते वल्र्डकपमा नेपालको तर्पmबाट हामी ९ जना सहभागी हुने अवसर प्राप्त भयो । सोही खेलमा ७५ के.जी. तौल समूहमा प्रतिस्पर्धा गर्ने अवसर मलाई प्राप्त भयो । जापान मात्र म ३ पटक पुगें । साथै युरोपको जर्मनी, टर्की, आयरल्याण्ड लगायतका देशहरूमा कराँते खेलकै सिलसिलामा भ्रमण गरेको छु ।

० जापान भ्रमणका केही सुन्दर पक्ष बताइदिनोस् न ?
त्यहाँको सुन्दर पक्ष भनेकै देशको व्यवस्थाप्रति जनता अति नै उत्तरदायी भएको पाएँ । जनता अत्यन्तै मर्यादित र विदेशी पाहुनालाई सम्मान गर्ने तथा नम्र स्वभाव उनीहरूको विशेषता रहेछ । स्थिर शासन व्यवस्थाका कारण जापानले आफ्नो विकास दिन दुईगुना रात चौगुनाका दरले गरेको रहेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

फेसबुक

११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!