नेमारनेमार

  • नेमार
  • नेमार
  • नेमार
  • नेमार
  • नेमार
  • नेमार

खेलमा अस्वभाविक हाउभाउ बाल्यकालदेखिकै स्वभाव : नेमार

31 July, 2018 00:37 |खेल | comments | 54450 Views

     

    नेमार

    ब्राजिलियाली प्रसिद्ध फुटबल खेलाडी नेमार दा सिल्भा सान्तोस जुनियरले विश्वकपमा आफूमाथि लागेको ‘कृतिम अभिनय’बारेको आलोचना आफ्नो बाल्यकालदेखिको गुण भएको भनी प्रतिक्रिया दिएका छन् । ब्राजिलियाली फुटबलका टोली नेता (क्याप्टेन) नेमारले हालै रसियामा सम्पन्न भएको खेलमा ‘अस्वभाविक अभिनय’ गरेको भनी विश्वभर आएको आलोचनालाई सम्वोधन गर्दै उनले भने , खुट्टाका नलीमा जुत्ताको चोटलाग्दा, मेरुदण्डमा ठक्कर लाग्दा, खुट्टामा विपक्षी साथीहरूको पैतालाले कुल्चिँदा म जमिनमा ढल्नु स्वभाविक हो ।

    adsads

    हुनसक्छ, पीडाका कारण जमिनमा म ढल्दा अस्वभाविक लागेको हुनसक्छ वा दर्शकले यसलाई अस्वभाविक अभिनय भन्नुभयो होला तर यो मेरो बाल्यकालदेखिकै बानी हो उहाँले एक टेलिभिजन कार्यक्रममा बोल्ने क्रममा बताए ।

    पेरिस सेन्ट जर्मनका फरवार्ड खेलाडी नेमारले पोर्चुगाली भाषामा भने , “तपाईहरू सबैले सोच्नुहोला खेलका समय म धेरै नै लडेँ । तर वास्तवमा म लडेको हो, अभिनय गरेको होइन । हुनसक्छ, खेलका समय मैले शरीरलाई केही सन्तुलित पार्नसक्नुपथ्र्यो त्यो सक्दिन । यो मेरो स्वाभाव बनिसकेको छ ।”

    यसबाट मलाई नै खुट्टाको गोलीगाँठोमा चोट लागेको छ र गत फेब्रुवरीमा शल्यक्रिया नै गर्नुपरेको थियो । उनले भने, “जतिवेला म लड्छु नि यो मैले एउटा अभिमानी बालकले जस्तो गलत धारणा राखेर लडेको होइन तर म अझै मेरो समस्यालाई व्यवस्थापन गर्न सिकिसकेको छैन । मभित्र त्यहाँ अझै पनि केटाकेटीपन रहेको छ र कहिलेकाँही यसले विश्वलाई दिग्भ्रमित पारिदिन्छ ।”

    तपाईहरूको आलोचनाले मलाई मेरो कमजोरी सच्चाउने अवसर मिल्छ । यसबाट ब्राजिलको फुटबल क्षेत्रलाई पनि सुध्रने अवसर प्राप्त हुनेछ । ब्राजिलियाली फुटबल स्टार नेमारले गत हप्ता एएफपीलाई दिएको अन्तवार्तामा ब्राजिलको विश्वकपमा अनपेक्षित हारले आफूलाई कहिलेकाँही बललाई नहरौँ जस्तो लाग्ने गरेको वा अब फुटबल नै नखेलौँजस्तो लाग्ने गरेको खुलासा गरेका थिए ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    नेमार

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!