खेलाडी मनोनयन सार्वजनिक- क्रिकेटका पारससंगै पाँच खेलाडी

25 June, 2019 21:26 | खेल | comments | 11100 Views

नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले वर्षको उत्कृष्ट पुरुष, महिला, युवा र प्रशिक्षक विधाको मनोनयनमा परेका व्यक्तिको नाम सार्वजनिक गरेको छ । यस वर्ष सबैभन्दा बढी क्रिकेटबाट परेका छन् ।

adsads
कप्तान पारससहित पाँच खेलाडी मनोनयनमा परेका छन् ।

हरेक वर्ष प्रदान गरिँदै आएको पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत यस वर्ष क्रिकेटका पाँच खेलाडी, फुटबलका तीन तथा भलिबल, प्याराग्लाइडिङ, एथ्लेटिक्स र जुडोका दुईदुई जना मनोनयनमा परेका छन् । ब्याडमिन्टन, कराते, गल्फ र तेक्वान्दोबाट एक÷एक खेलाडी मनोनयनमा परेका छन् ।

वर्षको उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका पारस खड्का र सोमपाल कामी, प्याराग्लाइडिङका युकेश गुरुङ, गल्फका शुक्रराज राई र जुडोका ईन्द्रबहादुर श्रेष्ठ मनोनयनमा परेका छन् ।

मञ्चको खेलाडी छनोट समितिले सार्वजनिक गरेको वर्षको उत्कृष्ट महिला खेलाडी विधातर्फ फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ र तेक्वान्दोकी निमा गुरुङ मनोनयमा परेका छन् ।

वर्षको युवा खेलाडीतर्फ ब्याडमिन्टनका प्रिन्स दाहाल, एथ्लेटिक्सका अजितकुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जली योञ्जन र करातेका विजय श्रेष्ठ मनोनयनमा परेका छन् ।

यस्तै प्रशिक्षकतर्फ क्रिकेटका जगत टमाटा, प्याराग्लाइडिङका योगश भट्टराई, एथ्लेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट र फुटबलका हरि खड्का मनोनयनमा परेका छन् । मञ्चले पिपुल्स च्वाईस अवार्डको मनोनयन भने यसअघि नै सार्वजनिक गरिसकेको छ । सो विधामा क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन छन् ।

विभिन्न १० विधामा प्रदान गरिने उक्त अवार्डअन्तर्गत पारा एथ्लेटिक्स, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड भने कार्यक्रम कै दिन घोषणा गरिने आयोजक मञ्चले जनाएको छ ।

वर्ष खेलाडी पुरुष र महिला, पिपुल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले जनही रु ५० हजार पुरस्कार पाउने छन् । उक्त अवार्ड कार्यक्रम कमलादीस्थित प्रज्ञा भवनमा असार १७ गते हुँदैछ ।

पिपुल्स च्वाईसका लागि ५ खेलाडीको मनोनयन सार्वजनिक (भिडियो सहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!