खोपको प्रयोगसंगै कोरोनाको नयाँ प्रजातिको जन्म रहस्यमय ?

6 January, 2021 13:28 | बिचार | comments | 23550 Views

– यादब देवकोटा

एक वर्षसमम विश्वलाई अलकायदा, बोकोहराम वा अन्य आतंकवादी संगठनले भन्दा बढी आतंकित तुल्याएको कोरोना भाइरस बिरुद्धको खेप विकास र यसको प्रयोग सुरुवात भएसंगै यसको नयाँ प्रजाति देखा पर्यो । बेलायतबाट सुरु भएको कोरोनाको नयाँ प्रजातिको संक्रमण अहिले विश्वका धेरै मुलुकमा पुगिसकेको छ र बेलायतले ४० दिने देव्यापी लकडाउन गरेको छ ।

जब विश्वमा कोरोना बिरुद्धको खोप प्रयोगमा आउन थाल्यो तब कोरोनाको नयाँ प्रजाति देखापर्नु र खोप लगाएका व्यक्ति संक्रमित भएको तथा मृत्यु समेत भएको खबर आउनु दुःखद पक्ष हो ।

  

मानिस–मानिसबीचको सम्पर्क टुटाउने कोरोना वर्ष (२०२०)को समाप्तिसंगै विश्वमा देखापरेको आशा, उत्साह र कम हुँदै गएको त्रास नयाँ प्रजातिको कोरोनाको जन्मसंगै पहिलेकै अवस्थामा पुग्नु नयाँ चुनौति बनेको छ । कोरोनाले विस्तारै विश्वलाई गाँज्दै गएपछि समाथि व्यापक अनुसन्धान भए र यसको संक्रमणको मापद तथा आधारहरु पत्ता लगाइए ।

कोरोना संक्रमणको तीन चरण हुन्छन्, पहिलो चरणमा एक व्यक्तिमा सर्ने, त्यसपछि उसबाट अर्को स्थानको व्यक्तिमा र त्यसपछि स्थानीयमा संक्रमण फैलिन सुरु गरेपछि यसले महामारीको रुप लिएको हो । विश्वमा भएको यही हो र नेपालमा यस्तै अवस्था छ । त्यसैले मानिसहरुको सम्पर्क बिच्छेद गर्नु नै संक्रमण रोक्नु हो । कोरोनाको नयाँ चणको सुरुवातसंगै संक्रमण रोकथामको पनि नयाँ चरणको उपाय अपनाउनु आवश्यक छ । यसअघि नै अध्ययनले के देखाएको छ भने मानिसहरुबीच सम्पर्क बिच्छेद गर्ने हो भने ८० प्रतिशत संक्रमण दर कम गर्न सकिन्छ ।

नेपालमा चीसो सुरु भएको छ । यसै पनि यो समयमा निमोनिया जस्ता फोक्सोका रोगीहरुका लागि गाह्रो अवधि हो भने कोरोनाको त्रास कायमै रहेकाले बढी सचेत हुनु अत्यावश्यक छ । यो सचेतता सर्वसाधारण र सरकार दुबैले अपनाउन पर्दछ । अहिले नेपालमा परीक्षण निकै कम गरिएको छ भने विद्यालय, सिनेमा हल लगायत बढी भिडभाड हुने स्थानहरु समेत खुला गर्ने निर्णय भैसकेको छ । यदि यसमा सानो गल्ती गरियो भने यसले विनाशकारी अवस्था ननिम्त्याउलाभन्न सकिन्न । तर, यसो भन्दैमा सदाका लागि बन्दका बन्दै राख्नुपर्छ भन्ने तर्क कदापी सही हुँदैन तर संक्रमण रोकथामको प्रभावकारी उपाय भने अपनाउनै पर्छ ।

अहिले नेपालमा कोरोना संक्रमण दर घटेको देखिन्छ तर विज्ञहरु खतराको घण्टी कायमै रहेको बताउँछन् । नेपालमा संक्रमण दोस्रो चरणमा छ कि तेस्रो चरणमा प्रवेश गरिसक्यो वा कमजोर हुँदै गयो ? भन्न सकिने स्थिति छैन । दैनिक ५–६ हजार जनाको पिसीआर परीक्षणबाट सो यक्किन गर्न नसकिएला तर जसरी संक्रमण कुनाकुनामा पुगेको छ यसले भने समुदायस्तरमा पुगिसकेको मान्न तयार हुनुपर्छ र सोही अनुसारको तयारी हुनुपर्दछ । अझ नयाँ प्रजातिको कोरोना देखा पसिरकेको अवस्थामा हामीले नयाँ चरणको तयारी गर्न ढिलाई गर्नु विनाशलाई निम्तो दिनु पो हो कि ?

सरकारी तथ्यांक, व्यवहार र आम जनजीवनलाई हेर्दा नेपालमा कोरोना संक्रमण दर घटिरहेको छ, जनतामा भय छैन र नभएको राम्रो । तर निश्चिन्त हुने अवस्था कति छ ? विज्ञहरुको बारम्बारको सल्लाह र सुझावलाई सरकार अनि जनताले कति पालना गरेका छन् वा सुनुवाई गरेका छन् ? अब अर्को चरणको कोरोनाा संक्रमण सुरु भैसकेपछि विगतको गल्ती र कमजोरीबाट सिक्ने कि नसिक्ने ? यस अनगिन्ती प्रश्न हामी सबैका सामु तेर्सिएको छ ।

संक्रमण रोक्न र संक्रमितहरुको उपचारमा नेपालमा जेजस्तो गरियो त्यो पर्याप्त थियो वा थिएन यसको बहस अहिले आवश्यक छैन । तर विगमा गरिएको जस्तै उपाय र योजनाले पुग्छ ? नेपालमा जे भैरहेको छ क्षमता अनुसार ठीकै हो भन्न सकिन्छ तर हामीले कोरोना महामारीलाई झाडापखाला जस्तो ठान्ने गल्ती गरेकै हो । यसैको परिणाम अहिले समुदायमा फैलिन पुगेको छ । अझै समुदायबाट कोरोना हराइसकेको छैन । परीक्षण कम भएपछि संक्रमित कम हुने नै भए तर त्यसैमा रमाएर नेपालमा कोरोना हराउँदै गयो भन्ने आधार कति बलियो होला ?

बुझ्नुपर्ने कुरा के हो भने कोरोना बिरुद्धको खोप प्रयोगमा आएसंगै नयाँ प्रजातिको कोरोना देखापर्नु र यस यसअघिको भन्दा शक्तिशाली भएको पाइनु मानव समाजका लागि नयाँ चुनौति हो । यो चुनौति पार गर्न सानोतिनो तयारीले पुग्दैन । अरुको भरपरेर मात्रै केही हुँदैन । हाम्रा अनुसन्धाताहरुलाई यसमा अनुसन्धानन गर्न लगाउन ढिलाई नगरौं । हेटौंडास्थित वन विज्ञानन अध्ययन संस्थानका प्रा.डा. ललितकुमार दासले कोरोना बिरुद्धको खोपको नमूना तयार पारेर विश्व स्वास्थ्य संगठनबाट समेत थप अनुसन्धान गर्ने अनुमति पाए । तर सरकारले कुनै चासो दिएन । के त्यस्ता अध्ययनहरुलाई अघि बढाउने समय अझै नआएको हो र ?

कोरोना महामारी फैलिएपछि आधुनिक विज्ञानले यसको निरुपण गर्न नसकेका बेला हाम्रा गाउँघरका झारपाट र वनस्पति, जडिबुटीको सेवनलाई उच्च प्राथमिकता दिइयो, अहिले पनि यो क्रम जारी छ भने अब त्यस्तो आविष्कारहरुलाई थप अनुसन्धानका लागि किन प्राथमिकता नदिने ? सायद नेपाल जस्ता पूर्वीय दर्शन, ज्ञानको अभ्यास भैरहेको मुलुकले पो कोरोना निमिट्यान्न पार्ने औषधिको विकास गर्न सक्छ कि ? खोपको प्रयोगसंगै कोरोनाको नयाँ प्रजातिको जन्मले हामी जस्ता मुलुकलाई पो लाभ दिन्छ कि ? सोचौं !

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More