खोलाले बगाएर वडा सदस्यको मृत्यु

21 August, 2017 14:32 | जन सरोकार | comments | 244800 Views

डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले जनाएको छ ।

जोगबुढा बजारबाट घर जाने क्रममा आइतबार राति ८ः३० बजेतिर पुन्तुरा खोलाले बगाउँदा वडा नं ६ का वडा सदस्य ४५ वर्षीय नरवबहादुर धामीको मृत्यु भएको हो ।

  

पर्शुराम नगरपालिका वडा नं ६ सरकुडा घर भएका धामीलाई खोला तर्ने क्रममा खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलाले बगाएका धामीको शव बगेको स्थानबाट करिब एक किलोमिटर तल आज बिहान भेट्टाएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More