गगन लगायत एकदर्जन नेताद्वारा सांसद विकास कोषलाई कोरोना नियन्त्रणमा खर्च गर्न अपिल

9 April, 2020 23:58 | राजनीति | comments | 31950 Views

नेपाली काँग्रेसका एक दर्जन युवा केन्द्रीय सदस्यले विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सरकारले ‘लकडाउन’ लम्ब्याएसँगै अन्य थप कार्य गर्न विभिन्न सुझावसहित अपिल गर्नुभएको छ ।

काँग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगनकुमार थापा, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ र किरण यादवले संयुक्तरुपमा अपिल जारी गर्नुभएको हो ।

  

उहाँहरुले कोरोना भाइरसको रोकथाम र उपचारका लागि लडकडाउनसँगै परीक्षण विस्तार, स्वास्थ्य उपकरण, जनजीविकाका सवाल, विदेशमा रहेका नेपालीका समस्यालगायत विषयमा पनि थप प्रभावकारी काम गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सुरक्षाकर्मीको तलबबाट रकम कट्टा गर्ने भन्ने विषयले सुरक्षाकर्मीलाई निरुत्साहित तुल्याउने उल्लेख गर्दै अपिलमा स्वास्थ्यकर्मीलगायत उपचारका लागि खटिने सबैको आर्थिक सुरक्षा र प्रोत्साहनस्वरुप बीमा र यथेष्ठ भत्ताको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

यसैगरी सड्कटको समयमा खर्च कटौती गर्नका लागि सांसद विकास कोषको रकम कोरोना सङ्क्रमण नियन्त्रण कोषमा राखिनुपर्ने, पूर्वपदाधिकारीले पाउने सुविधा र सुरक्षा कटौती गर्दै जनताको हितमा लगाउनुपर्नेमा युवा नेताले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

अपिलमा दैनिक ज्याला मजदूरी गर्ने, आर्थिकरुपमा विपन्न र ज्येष्ठ नागरिकका लागि यथोचित राहतको व्यवस्था गर्न, संसारभर रहेका नेपालीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी हासिल गरी आवश्यक सहयोग गर्न आग्रह गरिएको छ । किसान र पशुचौपायाका बारेमा उत्पन्न समस्यालाई गम्भीरतापूर्वक लिइ उपयुक्त कदम चाल्नुपर्नेतर्फ युवा नेताले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

विपद्का बेला सरकारी नेतृत्वले जिम्मेवारपूर्ण अभिव्यक्ति दिनुपर्ने र सङ्कटको मौका छोपी भ्रष्टाचारका घटना भइरहेको आरोप लागेकाले त्यसलाई दण्डीत गर्न काँग्रेसका युवा केन्द्रीय सदस्यको माग छ ।

उहाँहरुले परीक्षणको दायरा र गति बढाउनुपर्ने तथा परीक्षण केन्द्र अविलम्ब थपिनुपर्ने, साथै कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिको पहिचानका लागि आवश्यकपर्ने परिक्षणका लागि चाहिने परीक्षण किट, पिपिईलगायतका स्वास्थ्य उपकरण तथा सामग्रीको आवश्यक बन्दोबस्त गर्न सुझाव दिनुभएको छ ।

विदेशबाट नेपाल आउन चाहने नेपालीलाई सहजै आउने व्यवस्था मिलाइनुपर्ने, उनीहरुलाई क्वारेन्टाइनमा राखिनुपर्ने र आवश्यक स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि मात्र घर जाने व्यवस्था मिलाउन काँग्रेसका युवा नेताको अपिल गर्नुभएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More