देउवाका आलोचक नेताको साझा बैठक देउवाका आलोचक नेताको साझा बैठक

  • देउवाका आलोचक नेताको साझा बैठक
  • देउवाका आलोचक नेताको साझा बैठक
  • देउवाका आलोचक नेताको साझा बैठक
  • देउवाका आलोचक नेताको साझा बैठक
  • देउवाका आलोचक नेताको साझा बैठक

गणतन्त्र दिवसको शुभकामनासहित संविधान संशोधन प्रस्तावमा कांग्रेसको दृष्टिकोणमा भ्रम नछर्न देवाको आग्रह

28 May, 2020 12:30 | राजनीति | comments | 28950 Views

देउवाका आलोचक नेताको साझा बैठक

नेपााली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग भएको र संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक भएको बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिदै पूर्व प्रधानमन्त्री तथा सभापति देउवाले संविधान संशोधन प्रस्तावबारे केन्द्रीय समितिको बैठकबाट संस्थागत निर्णय गर्ने अवगत गराउँदै काँग्रेसको धारणाबारे कुनै पनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्न समेत आग्रह गर्नुभएकोे छ ।

  

लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने वीर शहीदप्रति उच्च सम्मान एवं श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

उहाँले एक शुभकामना सन्देशमार्फत नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/६३ को सफलतापश्चात काँग्रेसको नेतृत्वमा मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रूपमा स्थापित भएको उल्लेख गर्नुभएको छ ।

उहाँले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको बताउँदै सभापति देउवाले उच्च सतर्कता र दृढ मनोबलका साथ यो महामारीको सामना गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
देउवाका आलोचक नेताको साझा बैठक

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More