गणेशमानसिंहको शालिकमा माल्र्यापण गरी विद्याद्वारा घरदैलो सुरुवात

11 November, 2019 17:48 | राजनीति | comments | 21900 Views

कास्की क्षेत्र नं. २ बाट सत्तारुढ नेकपाबाट उम्मेदवार विद्या भटुतराईले सोमबार आफ्नो निर्वाचन प्रचारप्रसारको घरदैलो कार्यक्रम लौहपुरुष गणेशमान सिंहको तस्वीरमा माल्र्यापण गरी सुरुवात गर्नुभएको छ । उहाँले सोमबार पोखरा महानगरपालिका वडा नं. ४ गणेशटोलमा रहेको सिंहको शालिकमा माल्र्यापण गरी प्रचार सुरु गर्नुभएको हो ।

जारी घरदैलो कार्यक्रम आरम्भ गर्नुअघि उहाँले स्व. गणेशमान सिंह नेपाली राजनीतिको शिखर पुरुष भएको र उहाँले दल र वादभन्दा माथी उठेर देश र जनताका लागि संघर्ष गरेको टिप्पणी गर्दै भटुटराईले उहाँ जस्ता नेताको सालिकमा माल्र्यापण गरेर चुनाव प्रचार गर्न पाउनु खुसीको कुरा भएको बताउनुभयो ।

  

घरदैलोका क्रममा भट्टराईले समृद्धिको सपना पूरा गर्न आफू उम्मेदवार बनेको बताउँदै स्व. रवीन्द्र अधिकारीले अघि सारेका विकास निर्माणका योजना पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

सयौंको संख्यामा उपस्थित मतदाता तथा समर्थकहरुले विद्यालाई अघिल्लो चुनावकोभन्दा दोब्बर बढी मतले विजयी गराउने घोषणा गरेका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More