याद आउँछ बेसरी याद आउँछ बेसरी

  • याद आउँछ बेसरी
  • याद आउँछ बेसरी
  • याद आउँछ बेसरी
  • याद आउँछ बेसरी
  • याद आउँछ बेसरी

गणेश र मायाको ‘याद आउँछ बेसरी’ सार्वजनिक (भिडियो सहित)

24 September, 2019 15:48 | कला/मनोरन्जन , कलिउड | comments | 17850 Views

याद आउँछ बेसरी

पछिल्लो समय नेपाली लोक संगीतले निकै फड्को मारेको छ । वास्तवमा नेपालीको गीत संगीत नै लोक गीत हो ।

ads ads

आजको दिनसम्म लोक संगीतमा कुनै पनि पूर्णविराम लागेको छैन । लोक संगीत नेपालीको पहिचान नै हो । बजारमा नयाँ नयाँ लोक संगीत सार्वजनिक हुने क्रम जारी नै छ । करोड क्लवलाई लक्षित गर्दै दिनहुँ लोक संगीतहरु आईरहेका छन् ।

त्यसै क्रममा ‘याद आउँछ बेसरी’ बोलको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ । ‘याद आउँछ बेसरी’ गीतलाई कौडा किङको उपाधि पाएका गायक तथा सर्जक गणेश गुरुङ र गायिका माया गुरुङले स्वरबद्ध गरेका छन् । गीतको शब्दलाई गणेश गुरुङले लेखेका हुन् भने संगीत गायिका माया गुरुङले भरेकी हुन् ।

गीतलाई संगीत संयोजनमा अब्बल कृष्ण बिकले संगीत संयोजन गरेका छन् । मारुनी डिजिटलमा रेकर्डिङ गरिएको ‘याद आउँछ बेसरी’ गीतको मिक्सिङ भने कुमार रानाले गरेका छन् । पछिल्लो समय निकै ब्यस्त बन्दै आएका युवा निर्देशक मौसम हिमालीको निर्देनमा ‘याद आउँछ बेसरी’ गीतको म्युजिक भिडियो निर्माण गरिएको छ ।

गीतमा कुनै समय नृत्य क्षेत्रमा एकछत्र राज गर्न सफल र पछिल्लो समय अमेरीकाबाट फर्किएका मोडल तथा कोरियोग्राफ बब्बु थापा, गायक गणेश गुरुङ, आरुशी मगर, कमला गुरुङ र साथीहरुको नृत्य तथा अभिनय रहेको छ ।

प्रकाश खड्काको छाँयाकन रहेको म्युजिक भिडियोको कलर तथा सम्पादन मनेज कार्कीले गरेका हुन् ।

भिडियो –

परदेशमा रहेकालाई लोकसंगीतका दलालीले दिएको पीडा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
याद आउँछ बेसरी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More